9 years ago
April 7, 2017
प्रकाश तिमल्सिना
काठमाडौं – चोटमुक्त भएर सक्रिय खेल जीवनमा फर्केका छोटो समयमा राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्दको व्यवसायिक खेल जीवनले नयाँ उडान भरेको छ । झन्डै दुई साताअघि मात्र राष्ट्रिय टोलीमा पुनरागमन गरेका मिडफिल्डर रोहित पुनः इन्डोनेसियन क्लबमा आबद्ध भएका छन् । इन्डोनेसिया लिगा १ क्लब पर्सिजा जकार्तासँग एक सिजनको लागि उनले आजै सम्झौताका गरेका छन् ।
रोहितको क्लबसँगको सम्झौता ७ जनवरी २०१८ सम्म रहेने उनका दाजु रविन्द्र ले बताएका छन् । उनी यसअिघ सन् २०१२ देखि २०१५ सम्म पनि सोही क्लबबाट खेलेका थिए । यो सिजन उनले क्लबमा सेन्टर मिड र सेकेन्ड स्ट्राइकरको भूमिका निर्वाह गर्नेछन् । दुई दिनको प्रशिक्षण पछि उनी क्लबको रोजाइमा परेका थिए । अघिल्लोपल्ट मासिक ३ हजार ५ सय अमेरिकी डलरमा सम्झौता गरेका रोहितले यस पटक भने रकम खुलाएनन्।
यसै साता त्यहा पुगेका उनले इन्डोनेसियाको यू २२ सँगको मैत्रीपूर्ण खेल खेलेका थिए । क्लबका ब्राजिलियन प्रशिक्षक स्टेफानो कुगुराले रोहितको पुनरागमनमा खुसी व्यक्त गरेको उनका दाजु रविन्द्रले बताए । स्टेफानोले यू २२ सँगको अभ्यास खेलमा रोहितको प्रदर्शन स्तरीय रहेको बताएका छन् । क्लबमा एसियाली खेलाडीको कोटाका लागि रोहित अर्का इराकका राष्ट्रिय खेलाडी अन्मर अलमुबाराकी थिए । तर, स्टेफानोको पहिलो रोजाइमा रोहित नै परे ।
रोहित त्यस्ता थोरै नेपाली खेलाडीमा पर्दछन्, जसको व्यवसायिक खेल जीवन स्वदेश भन्दा विदेशमा बढी वितेको छ । उनले यसअघि मलेसियाली क्लब र भारतीय लिग (आइलिग) बाट समेत खेलिसकेका छन् । मच्छिन्द्र क्लबबाट लिगमा डेब्यू गरेको अर्को सिजन उनी आइलिग टोली एचसिएल पुगेका थिए ।
चोट मुक्त भएर उनी केही महिना अघि मात्र सक्रिय खेल जीवनमा फर्केका थिए । लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबबाट तीन वटा नकआउट फुटबल खेल्दै उनले राष्ट्रिय टोलीमा पुरागमन गरेका थिए । एसियन कप छनोटअन्तर्गत चैत १५ गते फिलिपिन्सविरुद्ध खेलमा उनी पहिलो रोजाइमा थिए । १७ बर्षकै उमेरमा राष्ट्रिय टोलीबाट डेब्यू गरेका उनले ४४ क्याप जितिसकेका छन् ।
उनको व्यवसायिक खेल जीवन चम्किलो रहेपनि व्यक्तिगत रुपमा अघिल्लो बर्ष उनका लागि पीडादायी रह्यो । नेपालले तीन अन्तराष्ट्रिय उपाधि जित्दा उनी टोलका सदस्य थिएनन् । घुँडाको चोटका कारण उनले नौ महिना मैदान बाहिर रहनु पर्यो । उनि मैदान बाहिर रहेकै बेला नेपालले कात्तिकमा एएफसी सोलिडारिटी कप जितेर अहिलेसम्मकै ठुलो उपलब्धि हासिल गर्यो । तर उनको भूमिका त्यो बखत दर्शकमै सिमित थियो ।
तर उनले हिम्मत हारेनन् । चोटमुक्त भएर उनी पुरानै जोशमा मैदान फर्किए । मनाङबाट माघमा पोखरामा भएको १५ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिता खेल्दै उनले पुनरागमन गरेका थिए । त्यसपछि उनले झापा गोल्डकप र बंगलादेशमा शेख कमल क्लब कप खेले । त्यसपछि उनी सोझै राष्ट्रिय टोलीको प्रशिक्षणमा बोलाइए ।
गत बर्षको फेब्रुअरीमा मलेसियाको टि टिम एफसीका लागि खेल्दा एसिएल चोट लागेपछि रोहितले उतै शल्यक्रिया गरेका थिए। त्यसपश्चात डाक्टरको सल्लाहअनुसार केहि महिना विश्राम लिएका रोहितले कोलकातामा गएर ग्राउण्ड रिकभरी गरे । केहि महिना फिटनेसका लागि आफैं प्रशिक्षण गरेका रोहितले फुटबल मैदानमा फर्किन मनाङको साथ रोजेका थिए ।
चोटमुक्त भएर मैदान फर्कदा आफुले धेरै मेहेनत गरेको र त्यस दौरान परिवार, साथीहरु र आफ्नो फिजियोको सहयोगले झनै हौसला मिलेको उनले बताएका थिए । उनले भनेका थिए,‘चोटबाट पुनरागमन गर्ने दौरानमा मलाई धेरै तर्फबाट साथ पाए । विशेषत म फिजियोहरुलाई धन्यवाद दिन चाहन्छु । उहाँहरुको कारण नै यति चाँडो र प्रभावकारी रुपमा मैदानमा फर्कने सकें।’
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]