default_image

9 years ago

April 7, 2017

माल्दिभ्समा किरणको टोली टिसी स्पोर्टसको अर्को जित

126 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीको जिम्मेवारी पुरा गरेर माल्दिभ्स फर्केका गोलकिपर किरणको टोलीले माले लिगमा पुनः सुरु हुँदा जित हासिल गरेको छ । किरणको टोली टिसी स्पोर्टस्ले युनाइटेड भिक्ट्रीलाई शुक्रबार २–० ले हराएको छ । टिसी स्पोर्टस् अलि नाफिउ र अलि नासुदले गोल गरेका थिए ।

फाइनल फोटो ।

 

लिगमा दुई खेलमा दुवै खेलमा टिसी स्पोर्टसले सफलता प्राप्त गरेको छ । चैत ६ गतेका लागि तय भएको टिसी स्पोर्टस र युनाइटेडको खेल त्यति बेला फ्लुका कारण स्थगित भएको थियो ।

लिगको विश्राम अघिको जस्तो टोलीले प्रदर्शन गर्न नसकेको जनाउँदै किरणले हाम्रो खेलकुद डटकमलाई भने,‘ धेरै दिनपछि भएर होला सुरुमा हाम्रो लय मिलेन । एकजना मिडफिल्डको राम्रो खेलाडी थिएनन् । दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्यौं र सफलता मिल्यो । तर हामीले क्षमता अनुसारको प्रदर्शन आजको खेलमा गर्न सकेनौं । ’

त्यसको पर्सी पल्ट चैत ८ गते किरण फिलिपिन्सविरुद्ध एसियन कप छनोटअन्तर्गत समूह चरणको पहिलो खेलका लागि स्वदेश फर्केका थिए । चैत १५ मा भएको खेलमा नेपाल फिलिपिन्ससँग उसको मैदानमा ४–१ ले पराजित भएको थियो । त्यसपछि स्वदेश फर्केर किरणअघि माल्दिभ्स पुगेका थिए ।

पुसमा टिसीमा स्पोर्टसमा आबद्ध भएदेखि उनले उच्च प्रदर्शन गरिरहेका छन् । उनको उच्च प्रदर्शनबाट प्रेरित टोलीले फागुनमा बंगलादेशमा शेख कमल क्लब कपको उपाधि जितेको थियो । बंगलादेशबाट माल्दिभ्स पुगेर लिगको आफ्नो पहिलो खेल ३–० ले जितेको थियो । किरणले दुई खेलमा एक गोल पनि खाएका छैनन् ।

माले लिगमा किरणको टोलीसहित शीर्ष ३ टोलीको समान ६ अंक छ । गोलअन्तरमा न्यू राडियन्ट स्पोर्टस् क्लब पहिलो, टिसी स्पोर्टस दोस्रो र माजिया एसआरसी तेस्रो स्थानमा छ । किरणको टोलीले अप्रिल १२मा भिक्ट्रीसँग प्रतिस्पर्धा गर्नेछ ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.