9 years ago
April 8, 2017
दिपक बोहोरा
इलाम– त्रिभुवन आर्मी क्लबले आज उपाधि जित्न सके जारी सिजनको सबैभन्दा सफल टोली बन्नेछ । विभागिय टोली आज साउन यता मात्र नकआउट फुटबलको नवौं फाइनल खेल्ने तयारीमा रहेको छ । यसअघिका ८ फाइनल खेल्दा तीन वटा उपाधि जितेको आर्मी आज टुबोर्ग माइभ्याली गोल्ड कप उपाधि उचालेर सर्वाधिक सफल टोली लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबसँग नकआउट फुटबलको उपाधि बराबरी गर्ने योजनामा छ ।

साउनमा आर्मीको बागडोर सम्हालेका प्रशिक्षक नवीन न्यौपानेका लागि यो सफलता सपना भन्दा कम छैन । ‘आज जित्न सक्दा मनाङसँग उपाधि बराबर पनि हुन्छ’ मनाङका पूर्व खेलाडी समेत रहेका उनले भने टेलिफोनमा हाम्रो खेलकुदसँग भने,‘हामीले यो सिजन राम्रो खेलेका छौं । यो समेत नौं वटा फाइनल खेल्नु क्लबका लागि उपलब्धी मुलक हो । तर, फाइनल पुगे अनुसार उपाधि जित्न चुकेका छौं । बर्षको अन्तिम उपाधिका रुपमा यसलाई जित्न सके यसअघिका गुनासो पनि मेटिन्छ ।’
मनाङसँग उपाधि बराबरी गर्ने आर्मीका लागि यो बर्षको अन्तिम मौका हो । सिजनमा तीन उपाधि भित्राइसकेको आर्मीले शनिबार दिउँसो ठूलो टुडिखेलमा टुबोर्ग तेस्रो माईभ्याली गोल्ड कपमा रमपम झापालाई हराउन सके मनाङसँग बराबरी गर्नेछ । मनाङले यो सिजन चार उपाधि जितेको छ भने सिएमजी क्लब संकटा र आर्मीको नाममा समान ३ उपाधि छ ।
साविक विजेता समेत रहेको झापा ११ ले भने पुसमा मेची नेत्रालय काँकरभिट्टा गोल्ड कपको उपाधि जितेको थियो । आर्मीले पनि अन्तिम उपाधिका रुपमा पुसमा टुबोर्ग हेटौडा गोल्ड कप जितेको थियो । त्यसयता दुवैले अहर्का उपाधि जितेका छैनन् । हेटौडाअघि आर्मीले चितवनमा नेपाल कप र दुबही गोल्ड कप जितेको थियो । पुसपछिका अधिकांश गोल्ड कपमा भाग लिए पनि आर्मी उपाधि जित्नबाट भने चुकिरहेको छ । आर्मीले यो सिजन सिमरा गोल्डकप, सातौं राष्ट्रिय खेलकुद, विकास रनिङ शिल्ड, राजर्षि जनक कपमा फाइनल खेलेको थियो ।
जारी प्रतियोगिताकै दौरान कप्तान भरत खवास र गोलकिपर विकेश कुथु फर्केपछि टोली थप मजबुद भएको छ । झापाका कप्तान प्रवेश कटुवालले पनि आर्मीको अग्रपक्ति मजबुद रहेको स्वीकारे । त्यसका वावजुद पनि उनले भने,‘ आर्मीको बलियो अग्रपक्ति भएपनि त्यसलाई चिर्दै हामी उपाधि जित्नेछौं ।’
आर्मीका प्रशिक्षक नवीन न्यौपानेले पनि टोली फाइनलका लागि तयारी रहेको बताएका छन् । ‘झापा बलिायो टोली हो । फाइनल बराबरीको हुनेछ,’ उनले भने,‘ यद्दपी हामी उपाधि जित्ने उद्देश्यका साथ उत्रनेछौं ।’ लामो समयदेखि एकसाथ खेल्दै आएका खेलाडी सम्मिलित झापाको टोली मोफसलकै बलियो टोली मानिन्छ ।
माघमा आहा रारा गोल्डकपको क्वार्टरफाइनलपछि आर्मी र झापाबीच पहिलो पटक भेट हुँदैछ । त्यहाँ आर्मी २–० ले विजयी भएको थियो । त्यो खेलमा नवयुग श्रेष्ठ र भरत खवासले गोल गरेका थिए । अहिले आराम गरिरहेका नवयुग भने शनिबारको खेलमा हुने छैनन् ।
इलाम जिल्ला फुटबल संघ र माइभ्याली फुटबल क्लबले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगिताको विजेताले ४ लाख र दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]