default_image

9 years ago

April 8, 2017

‘मेरो गर्लफ्रेण्ड अलरेडी छ, प्लिज माइण्ड नगरिदिनुहोला’

151 views

0 Bookmark

इलाम – नेपालको राष्ट्रिय टिमबाट खेल खेलिसकेका बिमल घर्ति मगर, विशाल श्रेष्ठ, कर्ण लिम्बु, बिक्रम लामा, अनन्त तामाङ, भारत खवास, जुमानु राईले तेश्रो अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप प्रतियोगितामा खेल्ने क्रममा इलाम र इलामको ठुलो टुँडिखेल चाखिसकेफाइनलिस्ट बनेका रमपम झापा ११का कर्ण लिम्बु र त्रिभुवन आर्मी क्लबका भारत खवास आजको फाइनल खेलमा आमनेसामना गर्दैछन्

कर्णको सशक्त प्रहारसंग चिरपरिचित विकेश कुथुको भने इलाममा छुट्टै चर्चा छ २३ वर्षपछि पहिलोपटक नेपाललाई अन्तराष्ट्रिय उपाधि जिताउने बंगबन्धु गोल्डकप प्रतियोगितामा उनै इलामेली नवयुग श्रेष्ठ र विकेश कुथुको जोडी जमेको थियो भटाभट गोल गर्ने हिरो नवयुग थिए भने विकेश आफ्नो पोस्टमा आएका विपक्षी आक्रमण रोक्न व्यस्त हुन्थे । विकेश र नवयुग दुवै त्रिभुवन आर्मीका खेलाडी हुन् र दुवै रुमपार्टनर पनि संयोगवश नवयुगकै गृह जिल्लामा खेल खेल्न आउँदा टिममा नवयुग छैनन् विकेश भन्छन,’नवयुगलाई धेरै मिस गरेको छु यतिबेला नवयुग घाइते त छदैं छन्,एनआरएन अष्ट्रेलियाको सम्मान ग्रहण गर्न उनि यतिबेला अष्ट्रेलिया पुगेका छन्।’

सिन्धुपाल्चोकको बाह्रबिसेमा विरेन्द्र र मिना कुथुले २४ वर्ष पहिले विकेशलाई धर्तीमा लोकार्पण गर्दा त्यो जोडीले कल्पना पनि गरेको थिएन, एक दिन विकेशले देशकै नाम राख्नेछ भनेर व्यापारिक पृष्ठभुमिका कुथु परिवारको खेलप्रतिको लगाव उत्तिकै थियो विकेशका दाई विएमले पनि राष्ट्रिय टिमबाट खेलिसकेका छन् भने उनका निनी रुप कुथु कुनै समयमा राष्ट्रिय खेलाडी थिए बाह्रबिसेमै उच्च शिक्षा पुरा गरेर काठमाडौँ खाल्डोमा भविष्य खोज्न पुगेका विकेशलाई उतिनै बेला अमेरिका हानिने सोच आयो साथी समिन महतको सल्लाह र सहयोगले उनि अमेरिका सपना त्यागेर सरस्वती क्लबसँग अनुबन्धित भए सरस्वती पछि हिमालयन शेर्पा हुँदै उपेन्द्रमन सिंहको प्रेरणा र सहयोगले मध्यपुर थिमी हुँदै राष्ट्रिय टिममा २०६८ सालमा डेब्यु गरे

कक्षामा सबैभन्दा अग्लो भएकोले गोलरक्षक बस्न साथीहरुले दिएको दवावले नै उनलाई गोलरक्षक बनाएको चाखलाग्दो कथा विकेश सुनाउँछन् फुटबलका फ्यानहरुनै खेलको १२ औं खेलाडी भएको बताउदै कुथुले भने,’अरु खेलाडीले फ्यानलाई कस्तो रेप्सोन्स गर्नुहुन्छ थाहा छैन, तर मा सामाजिक सन्जालहरुमा सबैलाई रेस्पोन्स गर्छु फ्यान नै नभए हामी कहाँबाट खेलाडी रखेल सकिनेबितिक्कै विकेश वरपर झुम्मिने भिडले यसवर्ष विकेशको चर्चा पुष्टि गरिरहेको छ पुरुष भन्दा पनि धेरै महिला फ्यानहरुले घेरिएपनि चकलेटी हिरो विकेश फ्लर्ट गर्नेहरुलाई सुरुमै भन्ने गरेका छन्, ‘मेरो गर्लफ्रेण्ड अलरेडी छ, प्लिज माइण्ड नगरिदिनुहोला।’

आजको चियाबारी दैनिकबाट साभार

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.