default_image

9 years ago

April 15, 2017

पाँचथर गोल्ड कपमा एपिएफ पूर्वाञ्चलको जित

141 views

0 Bookmark

दिपक बोहोरा
फिदिम– एपिएफ पूर्वाञ्चल प्रथम पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आयोजक पाँचथर क्लब पाँचथरलाई शनिबार २–१ ले हराउँदै एपिएफ प्रतियोगिताको अन्तिम चारमा पुगेको हो ।


फिदिम उच्च मावि मैदानमा भएको खेलमा एपिएफका उज्वल राई र सुशिल राईले गोल गरेका थिए । खेलको ५१ औ मिनेटमा एपिएफका उज्वलले फ्रिकिकमा पहिलो गोल गरे । त्यसको ६ मिनेटमा पछि सुशिलले गोल गरेका थिए । सुशिलले विपक्षी रक्षकलाई छलाउँदै गोल गरेका थिए ।

खेलको अन्त्यतिर आयोजक टोलीका लागि नरेश सम्हाफेले गोल फर्काएका थिए । सिमसिम पानी परेर खेलमैदान हिलो हुदाँ दुवै टोलीलाई खेल कठिन भएको थियो । पाँचथर क्लबका प्रशिक्षक सुमन कुँवरले राम्रो खेल्दा खेल्दै टोली पराजित भएको बताए ।

एपिएफका प्रशिक्षक बलबहादुर गुरुङले मौसम प्रतिकुल हुनका वावजुद टोलीले सफलता प्राप्त गरेको र आउने खेलमा अझै राम्रो गर्नु पर्ने बताए । एपिएफका सुशिल खेलको म्यान अफ दी म्याच घोषित भए र २ हजार रुपैयाँ प्राप्त गरे ।

सांसद भिष् राज आङदेम्बेले प्रतियोगिताको उद्घाटन गरेका थिए । बैशाख ९ गते सम्म चल्ने प्रतियोगिताको जिेताले १ लाख ५० हजार र दोस्रो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

पाँचथर गोल्डकपमा आइतबारको खेल
रेडहर्स इलामविरुछ डिएफसी, मोरङ

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.