default_image

7 years ago

April 24, 2017

नव जन जागृतिको सेमिफाइनल यात्रामा सुजलको २ गोल

वीरगन्ज (हाम्रो खेलकुद)– नव जन जागृति युवा क्लब वीरगन्जमा जारी टुबोर्ग प्रथम  विशाल स्मृति गोल्ड कपको सेमिफाइनलमा पुगेको छ । राष्ट्रिय टोलीका मिडफिल्डर सुजल श्रेष्ठले दुई गोल गरेको सोमबारको खेलमा विजय युथ क्लबलाई ४–० ले हराउँदै नव जन जागृति अन्तिम चारमा पुगेको हो । नव जन जागृतिका लागि विकी चौधरी र प्रज्वल क्षेत्रीले समान १ […]

21 views

0 Bookmark

वीरगन्ज (हाम्रो खेलकुद)– नव जन जागृति युवा क्लब वीरगन्जमा जारी टुबोर्ग प्रथम  विशाल स्मृति गोल्ड कपको सेमिफाइनलमा पुगेको छ । राष्ट्रिय टोलीका मिडफिल्डर सुजल श्रेष्ठले दुई गोल गरेको सोमबारको खेलमा विजय युथ क्लबलाई ४–० ले हराउँदै नव जन जागृति अन्तिम चारमा पुगेको हो ।

नव जन जागृतिका लागि विकी चौधरी र प्रज्वल क्षेत्रीले समान १ गोल गरे । ८० मिनेटको खेलको ३७ औं मिनेटमा सुजलले पहिलो गोल गरेका थिए ।

विकीले ६९ औं मिनेटमा गोल गरे भने सुजलले ७४ औं मिनेटमा अर्को गोल थपे । प्रज्वलले निर्धारित समय सकिनु ४ मिनेटअघि गोल गरे । स्पोन्सर म्यान अफ दी म्याच घोषित सुजलले ५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा मंगलबार हुने अन्तिम क्वार्टरफाइनलमा दुई ए डिभिजन टोली त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ ।  विशाल स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

विशाल स्मृति गोल्डकपमा मंगलबार खेल
त्रिभुवन आर्मीविरुद्ध हिमालयन शेर्पा

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

Success

Thank you for your time.