10 years ago
October 16, 2015
रेडबुल राष्ट्रिय लिग अन्तर्गत विहिबार भएको खेलमा झापा ११ फुटबल क्लबले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई २-१ले पराजित गरेको छ|
खेलमा अग्रता लिएको एपिएफले त्यसलाई केहि मिनेट पनि टिकाउन सकेको थिएन| एपिएफका लागि कप्तान गणेश लावतिले १३औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए| नविन लामाको पासलाई सदुपयोग गर्दै लावतिले राम्रो फिनिसिङ गरेका थिए|
अग्रता लिएको दुई मिनेट पनि नवित्दैझापाले कर्ण लिम्बुमार्फत गोल फर्कायो| रमेश दगांलको गल्तिको फाइदा उठाउँदै लिम्बुले १५औं मिनेटमा बराबरी गोल गरेका थिए| पहिलो हाफकै ३७औं मिनेटमा दिनेश कार्कीले गोल गर्दै झापालाई अगाडी बढाए| बाँकि समयमा गोल निस्किएन र झापा २-१ले विजयी भयो|
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]