10 years ago
October 16, 2015
रेडबुल राष्ट्रिय लिग अन्तर्गत आज हुने खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब खेल्दैछन्|
दोश्रो स्थान पक्का पार्न जितको खोजिमा रहेको आर्मी उपाधि नजित्ने पक्का भइसकेकोले केहि कम दवावमा हुनेछ| पुलिसलाई भने यो नतिजाले केहि फरक पर्ने छैन
आर्मीका फरवार्ड नवयुग श्रेष्ठ र झापाका कर्ण लिम्बु दुवै १३ गोलसहित उच्चो गोलकर्ताको शीर्ष स्थानमा रहेका छन्| लिगमा सबैभन्दा बढि गोल गर्ने आर्मी आज पनि त्यो रेकर्डलाई सुधार्ने दाउमा हुनेछ| नवयुग स्वयं कम्तिमा एक गोल थपेर कर्णलाई पछि पार्ने धुनमा हुनेछन्|
उता पुलिसको लागि गोलकिपर रितेश थापा पक्राउ परेका कारण उपलब्ध हुने छैनन् र पोष्टको कार्यभार रोशन खड्काले नै सम्हाल्न सक्नेछन्|
खेल दिनको २:३० बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एष्ट्रो टर्फ मैदानमा हुनेछ|
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]