9 years ago
May 26, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघको आयोजनामा २८ जिल्ला सम्मिलित एन्फा महिला लिग च्याम्पियनसिप २०७४ यहि जेठ १६ गतेबाट सुरु हुने भएको छ। सन् २०१८मा आयोजना हुने साफ महिला च्याम्पियनसिपलाई लक्षित गर्दै राष्ट्रिय टोलीको तयारीलाई थप सुदृढ पर्ने उदेश्यका साथ एन्फाले ल्याएको यस कार्यक्रम लिग कम नकआउट पद्दतिमा खेलाइने जानकारी दिइयो। यससँगै अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला फुटबललाई वर्षैभरि व्यस्त राख्ने उद्धेश्यले नयाँ संरचनाबाट महिला लिग फुटबल आयोजना गर्ने तयारी थालेको छ ।

जेठ १६ गतेबाट सुरु हुने यस प्रतियोगिताका खेलहरु पाल्पा र स्याङ्जामा खेलिनेछ। उक्त प्रतियोगितामा एन्फासँग आबद्ध विभिन्न २८ जिल्लालाई कुल ८ समुहमा विभाजन गरेर च्याम्पियनसिपका ४ समुहगत खेल पाल्पामा र बाँकी ४ स्याङ्जामा खेलाइनेछ। हरेक समूहमा शीर्ष एक टोलीले मात्र क्वार्टरफाइनलमा प्रवेश पाउनेछ । प्रतियोगिताको फाइनल खेल जेठ २७ गते पाल्पामा खेलिनेछ।
उक्त प्रतियोगितामा राष्ट्रिय टोलीमा रहेका २० खेलाडीहरु मध्येबाट एक टिमले बढीमा दुई जना तथा तीन विभागीय टोलीमा रहेका तर, राष्ट्रिय टिममा नरेहका खेलाडीहरु मध्येबाट पनि बढीमा तीनजना खेलाडीलाई तीनै विभागले स्वीकृति दिई खेलाउन पाउने प्रावधान राखिएको छ ।
उक्त प्रतियोगिताबाट ३० जना उत्कृष्ट खेलाडी छनोट गरी तीन विभागका टिमलाई १०–१० खेलाडीका दरले दुई महिनासम्म विभागमा प्रशिक्षण गराउने व्यवस्था गरिएको छ । प्रशिक्षण दौरान उतकृष्ट खेलाडीहरु निस्किए विभागले राख्न पाउने पनि प्रावधान राखिएको छ । यस्तै तीन विभागको दुई टिम बनाई काठमाडौंमा पहलिोपटक महिला राष्ट्रपति कप लिग खेलाउने एन्फाको योजना छ । त्यही लिगबाट छानिएका खेलाडीले राष्ट्रिय टिमको प्रशिक्षणमा सहभागिता जनाउने एन्फाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधरले जानकारी गराए ।
प्रतियोगिताको विजेताले ३ लाख रुपैया प्राप्त गर्नेछन् । यस्तै दोस्रो हुने टोलीले १ लाख ५० हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट हुने गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र फरवार्ड र उत्कृष्ट प्रशिक्षकले समान जनही १५–१५ हजार प्राप्त गर्नेछ । प्रतियोगिता सञ्चालन गर्न करिव ६३ लाख खर्च हुने अनुमान एन्फाले गरेको छ । प्रतियोगितालाई कुनै प्रायोजक नरहेपनि फिफा र एएफसीबाट महिला फुटबल बिकासका लागि आएको रकमबाट प्रतियोगिता सञ्चालन गर्न लागिएको एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले जानकारी गराए ।

December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]