9 years ago
May 27, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – साविक विजेता त्रिभुवन आर्मी क्लबले ललित स्मृति यू-१८ फुटबल प्रतियोगिता अन्तर्गत पहिलो खेलमा सुदुरपश्चिम फुटबल क्लबलाई २-०ले पराजित गर्दै सुखद सुरुवात गरेको छ।

प्रतियोगिताको दावेदार टोली मानिएको त्रिभुवन आर्मी क्लबले दुवै हाफमा १/१ गोल गरेको थियो। उसका लागि १४औं मिनेटमा विश्वास उदासले गोल गर्दै अग्रता दिलाएका थिए। राइट ब्याक विश्वासले ओभरल्यापमा गएको अवस्थामा २ खेलाडीलाइ छलाउँदै डी-बक्स बाहिर गरेको प्रहार गोलरक्षकको हात मुनिबाट छिरेर गोलमा परिणत भएको थियो। आर्मीले थुप्रै अवसरहरु पाएपनि फरवार्डहरु गोल गर्नबाट चुकेका थिए।
दोश्रो हाफमा दोर्जे तामाङले ६५औं मिनेटमा गोल गर्दै आर्मीको अग्रता दोब्बर पारेका थिए। उनले बक्समा क्लिएर नभएको बललाई पोष्टको दिशा दिंदै आर्मीलाइ जिततर्फ लागेका थिए। खेलको अन्तिम समयमा प्रेजेन तामाङले २ ओटा सुवर्ण मौका गुमाउँदा आर्मीले थप गोल गर्नबाट बन्चित भएको थियो।

जितपछि आर्मीका प्रशिक्षक चक्र तामाङले पहिलो खेल भएकाले टोलीमा तालमेलको कमि रहेको बताए। उनले आउने खेलमा टोलीको प्रदर्शनमा थप सुधार आउने बताए। पराजित टोलीका प्रशिक्षक ललित चन्दले खेलाडीहरुले आर्मीसँग खेल्दा मनोवैज्ञानिक रुपमै हरेस खाएकाले सोचेअनुरुप प्रदर्शन गर्न नसकेको बताए। उनले टोलीका मुख्य खेलाडी खेल्न नसक्दा केहि असर परेको र अर्को खेलमा सुधार गर्ने जानकारी दिए।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]