default_image

9 years ago

May 30, 2017

भालभर्दे बार्सिलोनाको नयाँ प्रशिक्षक

117 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – कोपा डेल रेको फाइनलमा अलाभेसलाई पराजित गर्दै बार्सिलोनाबाट सुखद विदाई पाएका लुइस इनरिकेको ठाउँमा बार्सिलोनाले अर्नेस्टो भालभर्देलाई नयाँ प्रशिक्षकको रुपमा सार्वजनिक गरेको छ । एथलेटिक बिल्बावोका पूर्व प्रशिक्षक भालभर्दे २ वर्षको सम्झौतामा बार्सिलोनासँग आबद्ध भएका छन् ।
Ernesto

इनरिके मार्च महिनामा सिजनको अन्त्यमा बार्सिलोना छाड्ने निर्णय गरेपछि बार्सिलोना नयाँ प्रशिक्षकको खोजिमा थियो । करिब १ साता अघि भालभर्देले एथलेटिकसँगको सम्झौता नविकरण नगर्ने बताएका थिए ।

भालभर्देसँग १५ वर्षसँगै काम गरेका जोन आसपिएजु बार्सिलोनाको साहायक प्रशिक्षकको रुपमा क्लब भित्रिएका छन् । इनरिकेको प्रस्थानपछि बार्सिलोनाका मुख्यतः प्रशिक्षण तर्फका कर्मचारीहरु सेल्टा भिगो पुगेका छन् ।

‘भालभर्देसँग ज्ञान र अनुभवका साथै युथ फुटबलमा पनि लगाव छ । हामीले खोजेको गुण उनमा छ, ’ बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोम्युले भने, ‘उनको शैली र बार्सिलोनालाई सुहाउँदो छ । मेहनती भएकै कारण हामिले उनलाई रोजेका हौं । ’
खेलजीवनमा फरवार्डका रुपमा रहेका ५३ बर्षे भालभर्देले १९८८–९० को सिजन बार्सिलोनामा बिताएका थिए ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.