9 years ago
May 30, 2017
ललितपुर (हाम्रो खेलकुद)– ए डिभिजन क्लब जाउलाखेल युथ क्लबले आफ्ना महासचिव मनमोहन केसीको नाममा सामाजिक कार्यका लागि ५ लाख रुपैयाँको अक्षयकोषको स्थापना गर्ने घोषणा गरेको छ ।

केसीको निधन भएको १३ औं दिनको पून्यतिथीमा आयोजित शोकसभामा बोल्दै क्लबका अध्यक्ष ठूलोभाई केसीले उक्त घोषणा गरेका हुन् । अध्यक्ष केसीले क्लबको निर्माणाधिन बैठक हलको नाम मनमोहन स्मृति हल राख्ने पनि जानकारी दिएका थिए । मुटुको समस्या र निमोनियाका कारण जेठ ५ गते केसीको निधन भएको थियो ।
शोकमन्त्व्य राख्ने अधिकांशले स्वर्गिय केसीको व्यक्तित्वका बारेमा चर्चा गरेका थिए । ललितपुरका काँग्रेस सभापति एवंम् सांसद मदन अमात्यले केसी क्लब र पार्टीका सच्च सिपाहीको निधनले अपुरणीय क्षेति भएको बताए ।
केसीका पिता पुष्कर केसीले सबैको भनाईले आफ्नो छोरा असल काममा लागेको सुन्दा अझै गर्व लागेको सुनाए । ‘उसको निधनले मेरो परिवारलाई ठूलो क्षेति भएको छ । हामी दुःखत घडीमा छौं,’ उनले भने,‘यस्तो घडीमा तपाईहरुले साथ दिनुभएकोमा धन्यवाद । क्लबलाई सकेको सहयोग हाम्रोतर्फबाट पनि हुनेछ ।
नेपाली काँग्रेसका अर्का सांसद उदयशम्सेर राणा, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष नरेन्द्र श्रेष्ठ, नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव प्रकाश तिमल्सिना लगायत क्लबका अन्य पदाधिकारीले केसीको निधनले ठूलो क्षेति भएको बताएका छन् ।
क्लबका पदाधिकारीले केसीले क्लबका लागि देखेको सपना पुरा गर्न लागि पर्ने प्रतिबद्धता जनाए । सोही अवसरमा सांसद अमात्यले क्लबको निर्माणाधिन भवनका लागि सबै सहयोग आफुले जुटाउने प्रतिबद्धता व्यक्त गरे ।

December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]