9 years ago
May 30, 2017
काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु–१८ फुटबल प्रतियोगितामा विभागीय नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लबले विजयी शुरुवात गरेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा मंगलबार भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले ब्रिगेड व्वाइज र शेर्पाले जावलाखेल युथ क्लबमाथि ४–३ को प्रतिस्पर्धात्मक जित निकालेको हो ।

ब्रिगेड व्वाइजमाथि १–० को कठिन जित निकाल्ने क्रममा पुलिसका रेजिन सुब्बाले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल नै निर्णायक बन्यो । सुब्बाले पहिलो हाफको इन्जुरी समयमा गोलरक्षक आफ्नो पोजिसनमा नभएको अवस्थामा जाली चुमाएका थिए । दोस्रो हाफमा दुवै पक्षले गोल गर्ने प्रयास गरेपनि थप गोल गर्न नसक्दा सुब्बाको गोल नै पुलिसको जितमा निर्णायक बन्यो ।
यता, मंगलबारै भएको अर्काे खेलमा अविनाश थापाले प्रतियोगिताको पहिलो ह्याट्रिक गरेको खेलमा हिमालयन शेर्पा क्लबले जावलाखेलमाथि ४–३ को कठिन जित निकाल्यो । १० औं मिनेटमा अविनाशको गोलबाट शेर्पाले सुरुवाती अग्रता लिएको थियो । २५ औं मिनेटमा व्यत्तिगत दोस्रो गोल गरे । का थापाले इन्जुरी समयमा गोल गर्दै ह्याट्रिक पुरा गरे । ३१ औं मिनेटमा अरुज सिंहले गोल गर्दै जावलाखेललाई खेलमा फर्काउने संकेत दिएका थिए । शेर्पाका कप्तान दिवस उराउले डि–बक्समा ह्याण्ड गरेपछि जावलाखेलले पेनाल्टीको मौका पाएको थियो । जसमा जावलाखेलका अरुज चुकेनन् । तर, ३४ औं मिनेटमा राहुल गुरुङले गोल गर्दै शेर्पालाई खेलमा अघि बढाए ।
६२ औं मिनेटमा अरुज थापाले पेनाल्टीमार्फत गोल गर्दै जावलाखेललाई पुनः खेलमा फर्काएका थिए । यसपटक पनि शेर्पाका कप्तान अविनाशले नै डि–बक्समा जावलाखेलका खेलाडीलाई फल गरेपछि जावलाखेलले पेनाल्टी पाएको थियो । ८९ औं मिनेटमा रविन कुमार तामाङले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । तर, इन्जुरी समयमा अरुज थापाले गोल गरेपछि खेल शेर्पाले आफ्नो पक्षमा पार्यो ।
जितपछि शेर्पाका प्रशिक्षक सुवास लिम्बुले टिमको खेलबाट सन्तुष्ट रहेको बताए । पहिलो हाफमा भन्दा दोस्रो हाफमा राम्रो खेल्दा टिमले जित हात पार्न सकेको बताए । उनले खेलमा अझै सुधार गर्नुपर्ने बताए । यता जावलाखेलका प्रशिक्षक नरेश थापाले गोलरक्षक र डिफेन्सबीच तालमेल मिल्न नसक्दा गोल खानु परेको बताए ।
प्रतियोगिता अन्तर्गत बुधबार दुई खेल हुदैछ । पहिलो खेलमा झापा–११ र सरस्वती क्लबबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो अेलमा त्रिभुवन आर्मी क्लबले लक्ष्मी हुण्डाई मनाङ–मस्र्याङ्दी क्लबको सामना गर्नेछ । प्रतियोगितामा रहीरहन मनाङलाई निश्चित जितको खाँचो छ ।
प्रतियोगिताको पहिलो खेलमा मनाङ फ्रेण्डस् क्लबसँग ३–० ले पराजित भएको थियो । आर्मीले भने सुदुर पश्चिममाथि २–० को जित निकालेको थियो ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]