default_image

9 years ago

May 31, 2017

सरुले १२ गोल गरेपछि मोरङ २१-०ले विजयी

119 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघको कार्यक्रम अुनसार पाल्पा र स्याङ्गजा जिल्ला फुटबल संघको समन्वयमा संचालन भईरहेको एन्फा महिला लिग च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७४ अन्तर्गत  पाल्पामा आज भएको पहिलो खेलमा कैलाली महिला फुटबल टिमले उदयपुर महिला फुटबल टिमलाई २–१ गोलले पराजित गरेको छ । कैलालीका लागि मनकुमारी चौधरीले ३५र ७९ औं मिनेटमा गोल गरेकी थिईन् भने उदयपुरका लागि सृजना चेम्जोङ्गले ६३ औं मिनेटमा गोल गरेका थिईन् ।

दोश्रो खेलमा ताप्लेजुङ्ग महिला फुटबल टिमले सप्तरी महिला फुटबल टिमलाई १०–० गोलले पराजित गरेको छ । ताप्लेजुङ्गका लागि गिता रानाले १५, ४०+१ र ५५, अनिता बस्नेतले २२, ५७ र ६८ तथा जंगा राईले ४७, बिमला गुरुङ्गले ६८, रेखा लिम्बुले ५२ र अनुष्का शेर्पाले ६१ औं मिनेटमा गोल गरेका थिए ।

तेश्रो खेलमा सिन्धुपाल्चोक महिला फुटबल टिमले सिन्धुली महिला फुटबल टिमलाई ५–० गोलले पराजित गरेको छ । सिन्धुपाल्चोकका लागि सुस्मा तामाङ्गले २५, ५४ र ८०+२, रुबिना पहाडीले १३ तथा रजनी श्रेष्ठले ३१ औं मिनेटमा गोल गरेका थिए ।

त्यस्तै आजै भएको स्याङ्गजा तर्फको पहिलो खेलमा नवलपरासी महिला फुटबल टिमले ईलाम महिला फुटबल टिम लाई १–० गोलले पराजित गरेको छ । नवलपरासीका लागि हिना रानाले गोल गरेकी थिईन् ।

दोश्रो खेलमा मोरङ्ग महिला फुटबल टिमले धनुषा महिला फुटबल टिमलाई २१–० गोलले पराजित गरेको छ । मोरङ्गका लागि सुरु लिम्बूले ४,७,१३,२३,४७,५६,५९,६३,६९,७०,७८ र ८० मिनेटमा, मनमाया लिम्बूले २०, २६ र ४८ मिनेटमा, रेश्मा राईले ५३, ५६, ६७ र ७३ मिनेटमा तथा मञ्जु दोङ्गले २९ र ६५ मिनेटमा गोल गरेका थिए ।

तेश्रो खेलमा बारा महिला फुटबल टिमले बर्दिया महिला फुटबल टिमलाई ३–० गोलले पराजित गरेको छ । बाराका लागि निशा गुरुङ्ग, सबिता राना मगर र रिशुनी रुम्बाले एक एक गोल गरेका थिए ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.