9 years ago
May 31, 2017
अर्जुन कार्की
बागलुङ– अखिल नेपाल फुटबल संघको वार्षिक कार्यक्रम अनुसार प्रत्येक बर्ष आयोजना हुने जिल्ला लिग फुटबल प्रतियोगिता बागलुङमा अर्को साताबाट सुरु हुँदैछ । जिल्ला संघ बागलुङको मंगलबार संघका अध्यक्ष रामराज गुरुङको अध्यक्षतामा बसेको बैठकले जेठ २२ गते लिग फुटबल प्रतियोगिता सुरु गर्ने निर्णय गरेको हो ।

संघका उपाध्यक्ष टक बहादुर बोहोराको संयोजकत्वमा ५ सदस्य समिति गठन गरेको छ । समितिको सदस्यहरुमा विकास थापा, मधुसुदन राजभण्डारी, रेशम गोतामे र मनिष रायमाझी छन् । लिग विजेताले उपाधिसहित ५० हजार र दोस्रोले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी र अनुशासित टोलीले समान २ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्ड, फरवार्ड र उच्च गोलकर्ताले समान १ हजार रुपैयाँ पाउनेछन् । लिगमा सहभागी टोलीले जिल्ला बाहिरका ४ खेलाडी सम्म खेलाउन पाउने बताइएको छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]