9 years ago
June 1, 2017
एजेन्सी – रियल म्याड्रिडका भरपर्दा मिडफिल्डर टोनी क्रुसले सन २०१४मा बायर्न म्युनिखको नयाँ करारलाई अस्विकार गर्दै क्लब परिवर्तन गरेको निर्णय उत्तम भएको स्वीकारेका छन्।

२०१४मा पेप गुआर्डीओला प्रशिक्षक हुँदाको समयमा लिग विजेता बनेको बायर्नले क्रुसलाई क्लबमै राख्न प्रयास गरेपनि उनले रियल म्याड्रिड आउने निर्णय लिएका थिए। बायर्नमा रहेर क्लब प्रतिस्पर्धा अन्तर्गत सबै उपाधि जितेका क्रुसले रियलबाट पनि च्याम्पियन्स लिग जितेका छन्। २ भिन्दै क्लबबाट खेल्दै च्याम्पियन्स लिग जित्ने उनि एकमात्र जर्मन खेलाडी हुन्।
यसै साता हुने फाइनल खेलमा युभेन्टसलाइ पराजित गर्न सकेमा क्रुसले तेश्रो पटक च्याम्पियन्स लिग जित्नेछन्। यससँगै उनले जर्मनीका दिग्गज खेलाडी फ्रान्ज बेकनबाउर, उली होनेस र गर्ड मुलरको रेकर्डको पनि बराबरी गर्नेछन्।
क्रुसले बायर्नले गरेको अनुबन्धनको अनुरोधलाई अस्विकार गर्न आर्थिक कारण पनि हावी रहेको बताए। “मैले सुरुवातमा हाम्रो कुरा मिलेको खण्डमा बायर्नमै बस्ने मनस्थिति बनाएको थिएँ। तर कुरा चल्दै जाँदा मतभिन्नता पनि बढ्दै गयो। आर्थिक पाटो पनि एउटा ठुलो आधार रह्यो। तर, अन्य कुरामापनि सहमति नमिल्दा मैले क्लब छोड्ने निर्णय लिएँ।”
क्रुसले आफु रियलमा खुसि रहेको र सकेसम्म यहीं रहेर आफ्नो खेलजीवनको बिट मर्ने इच्छा रहेको बताए। “म म्याड्रिडमा एकदम खुसि छु। मैले सकेसम्म यहीं रहेर आफ्नो खेल जीवन बिताउने सोच लिएको छु। समयले साथ दिएको खण्डमा त्यो पनि पुरा हुने विश्वास छ।”
उनले आफु कुनै हालतमा बायर्न म्युनिख नफर्कने खुलासा पनि गरे। “मैले बायर्नमा बिताएको ६ वर्षमा थुप्रै उपाधि जितें। तर म अब फेरी जर्मनी गएर खेल्ने मनस्थितिमा छैन। मैले यो पहिला पनि भन्दै आएको कुरा हो। जर्मनीमा बायर्नबाहेक अरु कुनै टोली त्यस स्तरको छैन र म फर्केर बायर्न जान चाहन्न। मेरो लागि म्युनिक र बुन्डेसलिगा दुवै ढोका सदाका लागि बन्द भइसकेको छ।”
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]