9 years ago
June 1, 2017
एजेन्सी – बार्सिलोनाका पूर्वखेलाडी समेत रहेका नवनियुक्त प्रशिक्षक अर्नेस्टो भालभेर्देले बार्सिलोनालाई अझै माथिल्लो स्तरमा पुर्याउँदै क्लबलाई ठूलो क्लबका रुपमा पुन:स्थापना गर्ने लक्ष्य रहेको बताएका छन्।

एथ्लेटिक बिल्बाओबाट बार्सिलोना आएका प्रशिक्षक भालभेर्देले यसअघि सन १९८८ देखि १९९०सम्म प्रशिक्षक योहन क्रायफको ऐतिहासिक बार्सिलोना टोलीबाट खेलेका थिए। उनले त्यस समय र अहिले धेरै फरक रहेको बताए। “त्यो धेरै पहिलाको समय थियो। मा आफैं अहिले बुढो भइसके। त्यो समय र अहिले धेरै भिन्नता आइसकेको छ। म त्यसबेला युवा अवस्थामा थिएँ र अनुभव थिएन। तर अब मा परिपक्व भइसकेको छु र यो कदम कति महत्वपूर्ण छ भन्ने मैले महसुस गरेको छु।”
उनले आफुले खेलेको क्लबले विश्वास गर्दै प्रशिक्षकको भूमिका निर्वाह गर्ने अवसर दिएकोमा आफुलाई भाग्यमानी ठानेका छन्। “मैले यस क्लबबाट खेलाडीको रुपमा खेलें र अहिले प्रशिक्षकको जिम्मेवारी बहन गर्न पाउँदा एकदम खुसि लागेको छ। मैले अरु क्लबमा पनि यस्तो भूमिका राम्रोसँग निर्वाह गरेको छु र यसलाई पनि त्यसै अनुरुप लाने विश्वास लिएको छु।”
उनले समर्थकहरुलाई आफुले बार्सिलोनाको पद्दतिबाट उत्कृष्ट प्रदर्शन गर्दै सफलता हात पार्नेमा ढुक्क रहन सुझाए। “हामी समर्थकहरुलाई खुसि पार्न चाहन्छौं। खेलाडीहरु खेलप्रति दत्तचित्त भएर त लाग्ने नै छन्, समर्थकहरु प्रति पनि उत्तिकै व्यवहारमा उत्रिनेछन् भन्ने विश्वास मैले लिएको छु।”
“बार्सिलोनाले बितेका वर्षहरुमा थुप्रै उपाधि जितेको छ। यसक्रममा बिभिन्न प्रशिक्षक र खेलाडीहरुले क्लबमा आफ्नो नाम लेखेका छन्। म त्यसलाई निरन्तरता दिंदै अझै उत्साह थप्ने जोश लिएर क्लबमा आएको छु।”
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]