default_image

9 years ago

June 1, 2017

आयोजकलाई हराउँदै नव जागृति हल्दिबारी गोल्ड कपको सेमिफाइनलमा

108 views

0 Bookmark

सबिन शेर्मा
झापा – आयोजक झापाको जलथल फुटबल क्लबलाई २–१ ले हराउँदै धरानको नव जागृति क्लब प्रथम हल्दिबारी गाँउपालिका गोल्ड कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । बुधबार भएको खेलमा नव जागृतिका लागि दुवै गोल विष्णु सुनारले गरे ।

आयोजक टोलीका लागि एकमात्र गोल मनु नेम्बाङले गरेका थिए । आयोजक टोलीका पुजन राई म्यान अफ म्याद घोषित भए र उनले २ हजार रुपैयाँ प्राप्त गरे ।

मंगलबारबाट सुरु भएको प्रतियोगिताको विजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । जेठ २३ गते सम्म चल्ने प्रतियोगिताको दोस्रो टोलीले ५१ हजार १ सय ११ रुपैयाँ पाउनेछ ।

त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ६ हजार तथा उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्ड, फरवार्ड र प्रशिक्षकले समान ४ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगितामा आज मुनाल एफसी र झापा ७ शर्णमतीबीच प्रतिस्पर्धा हुनेछ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.