9 years ago
June 1, 2017
काठमाडौं (हाम्रो खेलकुद)– काठमाडौं जिल्ला लिग वाइल्ड स्पोर्टस क्लबले जितेको छ । सानो गौचरनमा बुधबार भएको फाइनलमा रामहिटी बज्र क्लबलाई २–१ ले हराएको थियो । वाइल्ड स्पोर्टसका लागि दुवै गोल अलग गुरुङले गोल गरेका थिए । रामहिटीका लागि सुशन श्रेष्ठले गोल फर्काए ।

काठमाडौं जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगिताको विजेता वाइल्ड स्पोर्टसले १५ हजार र राहिटीले ६ हजार रुपैयाँ प्राप्त गर्यो ।
वाइल्ड स्पोर्टसका सुशन महत उत्कृष्ट गोलकिपर, रामहिटीका सविन खड्का उत्कृष्ट रक्षक, सोही क्लबका बसन्त मगर उत्कृष्ट मिडफिल्ड र वाइल्ड स्पोर्टसका अलग उत्कृष्ट फरवार्ड तथा सोही क्लबका नवीन महर्जन उत्कृष्ट प्रशिक्षक र ध्रुब राई उत्कृष्ट व्यवस्थापक घोषित भएका थिए ।
विजेता उपविजेता टोलीका खेलाडीलाई काठमाडौं महानगरपालिका वडा नं ५ का वडा अध्यक्ष रमेश डंगोलले पुरस्कृत गरेका थिए । जेठ ५ गतेदेखि सुरु भएको प्रतियोगितामा जिल्लाका १६ टोलीको सहभागिता रहेको थियो ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]