9 years ago
June 1, 2017
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले बिहिबार सार्वजनिक गरेको जुन महिनाको वरियताक्रममा नेपाल १६९औं स्थानमा पुगेको छ।
फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल चार स्थान सुधार गर्दै १६९ औं स्थानमा पुगेको हो । फिफाको नयाँ वरियता अनुसार नेपाल दक्षिण एसियामा भने पाँचौ स्थानमा यथावत छ । नेपालभन्दा अघि भारत, माल्दिभ्स, अफगानिस्तान र भुटान रहेको छ । दक्षिण एसियामा शीर्ष स्थानको भारत १०० औं स्थानमा छ ।
पछिल्लो २१ वर्षको इतिहासमा भारत पहिलोपटक सबै भन्दा राम्रो वरियतामा पुगेको हो । दोस्रो स्थानमा रहेको माल्दिभ्स चार स्थान तल झर्दै १५६ औं स्थानमा छ । यस्तै चार स्थान नै तल झरेको अफगानिस्तान १५८ औं स्थानमा रहदा दुई सस्थां झरेको भुटान १६६ औं स्थानमा छ । नयाँ बरियतामा नेपाल भन्दा तल बंगलादेश १९२, श्रीलंका १९७ औं र पाकिस्तान २०० औं स्थानमा रहेका छन् ।
फिफाको नयाँ वरियताको शीर्ष १० मा कुनै परिवर्तन भएका छैनन् । ब्राजिल, अर्जेन्टिना र जर्मनी शीर्ष तीनमा रहँदा चिली, कोलम्बिया, फ्रान्स, बेल्जियम, पोर्चुगल, स्विजरल्याण्ड र स्पेन क्रमश चौथोबाट दशौं स्थानमा छन् ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]