9 years ago
June 4, 2017
कार्डिफ (एजेन्सी)– च्याम्पियन्स लिग इतिहासमा रियल मड्रिड उपाधि रक्षा गर्ने पहिलो टोली बनेको छ । आइतबार बिहान भएको फाइनलमा इटालियन क्लब युभेन्ट्सलाई ४–१ ले हराउँदै स्पेनिस क्लब रियलले च्याम्पियन्स लिग उपाधि जितेको हो । रियलको जितमा फेरी एकपटक क्रिस्टियानो रोनाल्डो नायक बनेका छन् । उनले २ गोल गरे ।

गोल गरेपछि रियलका क्रिस्टियानो रोनाल्डो ।
पहिलो हाफ १–१ को बराबरीमा टुंगिएको खेलको दोस्रो हाफमा तीन मिनेटको फरकमा दुई गोल गर्दै रियलले उपाधि रक्षा अभियानलाई मजबुत पारेको थियो । रोनाल्डोले पहिलो हाफको २० औं मिनेटमामा पहिलो गोल गरेका थिए । तर त्यो लामो समय टिकेन । २७ औं मिनेटमा मान्डजुकीले बराबरी गोल गर्दै खेललाई रोमाञ्चक मोडमा पुर्याएका थिए ।
तर, ६१ औं मिनेटमा कासिमेरोको गोलमा रियलले अग्रता बनाएको थियो । त्यसको तीन मिनेटपछि नै रोनाल्डोले अर्को गोल थप्दै रियललाई जितको हकदार बनाएका थिए । लुका मोड्रिचको क्रसलाई रोनाल्डोले गोलमा परिणत गरेका थिए । दबाबमा रहेको युभेन्ट्सले १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो । रियलका कप्तान सर्जियो रामोसलाई धक्का दिएपछि काडार्डो दोहोरो पहेलो कार्ड पाउँदै मैदान बाहिरिएका थिए ।
एक खेलाडी कम भएपछि युभेन्ट्सले अर्को गोलको सामना गर्नुपरेको थियो । अन्तिम मिनेटमा मार्सेलोको क्रसमा मार्को एसेन्सियोले पेनाल्टी बक्स भित्रबाट गोल गर्दै गोलअन्तरलाई बढाएका थिए ।
रियल सबैभन्दा बढी च्याम्प्यिन्स लिग उपाधि जित्ने टोली हो । रियलको यो १२ औं च्याम्पियन्स लिग हो । क्लबका पूर्व स्टार जिनेदिन जिदानको प्रशिक्षणमा टोली लगातार दोस्रो पटक उपाधि जित्न सफल भएको छ ।
यो फाइनलमा समेत गोल गरेपछि रोनाल्डोले कीर्तिमान बनाएका छन् । च्याम्पियन्स लिगको तीनवटा फाइनलमा गोल गर्ने उनी पहिलो खेलाडी बनेका छन् । उनले यसअघि सन् २००८ मा म्यानचेस्टर युनाइटेड र २०१४ मा रियलका लागि फाइनलमा गोल गरेका थिए ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]