9 years ago
June 12, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपालका कप्तान बिराज महर्जनले भोलि हुने यमनविरुद्धको खेलमा नेपाली टोलीले डिफेन्सलाई सुधार्दै राम्रो नतिजा ल्याउन प्रयास गर्ने बताए।

एएफसी एसियन कप छनोट अन्तर्गत समूह चरणको खेलमा नेपालले यमनको सामना गर्दैछ। भारतविरुद्ध मैत्रीपूर्ण खेलमा डिफेन्सको गल्तिका कारण गोल भएको र त्यसबाहेक पनि नेपालले पछिल्ला खेलहरुमा डिफेन्समै गल्ति गरेका कारण खेलमा पछि पारेको कप्तान बिराजले स्वीकारे।
“हामीले प्रशिक्षकको रणनीति अनुसार खेल्न सकिरहेका छैनौ। डिफेन्समा केहि कमजोरी छ भने फरवार्डमा तालमेल मिलिरहेको छैन। भोलिको खेलमा भने हामीले क्लिन सिट राख्ने लक्ष्य लिएर उत्रनेछौँ।”
“हामीले घरेलु मैदानमा हार व्यहोर्नु धेरै ठुलो घाटा हुन्छ। त्यसले अवे खेलमा झनै गार्हो हुने हुनाले भोलिको खेलमा विशेष डिफेन्समा ध्यान दिने र सकेसम्म जित नत्र बराबरीमा खेल सक्ने योजना हुनेछ।”
नेपाल र यमबिचको खेल दिनको ३:०० बजे हल्चोक स्थित एपीएफ रंगशालामा हुनेछ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]