default_image

7 years ago

June 26, 2017

साउदीमा नेपाली क्लबबीच नकआउट फुटबल सुरु

काठमाडौं (हाम्रो खेलकुद)– इदको अवसरमा साउदी अरबमा रहेका नेपाली समुदायबीचको नकआउट फुटबल प्रतियोगिता आइतबार सुरु भएको छ । न्यू अन्नपूर्ण स्पोर्टस् क्लब र नेपाली ब्वाइज युथ क्लबको संयुक्त आयोजना भएको फुटबल प्रतियोगिताको पहिलो दिन समूह ‘क’ बाट विजयी हुँदै आयोजक न्यू अन्नपूर्ण, एक्स्ट्रा एफसी, संघिय ११, फ्रेन्ड्सिप एफसी र युनाइटेड एफसी अघिल्लो चरणमा पुगेका छन् […]

26 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– इदको अवसरमा साउदी अरबमा रहेका नेपाली समुदायबीचको नकआउट फुटबल प्रतियोगिता आइतबार सुरु भएको छ । न्यू अन्नपूर्ण स्पोर्टस् क्लब र नेपाली ब्वाइज युथ क्लबको संयुक्त आयोजना भएको फुटबल प्रतियोगिताको पहिलो दिन समूह ‘क’ बाट विजयी हुँदै आयोजक न्यू अन्नपूर्ण, एक्स्ट्रा एफसी, संघिय ११, फ्रेन्ड्सिप एफसी र युनाइटेड एफसी अघिल्लो चरणमा पुगेका छन् ।


त्यस्तै युनाइटेड ब्लू एफसी, न्यू स्टार नेपाली, जन प्रवासी युवा क्लब, पाण्डा स्पोर्टस र युवा स्पोर्टस् पनि विजयी हुँदै समूह ‘ख’बाट अर्को चरणमामा पुगेको साउदी अरबबाट रविन गुरुङले हाम्रो खेलकुलाई जानकारी दिएका छन् । तीन दिन सम्म चल्ने प्रतियोगिताको उद्घाटन गैर आवासिय नेपाली संघ साउदीका अध्यक्ष नारायण पासवालले गरेका थिए । प्रतियोगितामा ३० टोलीको सहभागिता रहेको छ ।
प्रतियोगितो को विजेता टोलीले १ लाख ११ हजार १ सय ११ र दोस्रो हुने टोली ७७ हजार ७ सय ७७ रुपैयाँ प्राप्त गर्नेछन् । दमाम नाबियास्थित प्रिन्स नायाफ स्पोर्टस् रंगशालामा जारी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्ड, फरवार्ड र उच्च गोलकर्तालाई पनि पुरस्कृत गरिने बताइएको छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.