default_image

8 years ago

August 20, 2017

टोटनह्याम र चेल्सी भिड्दै

117 views

0 Bookmark

लण्डन (एजेन्सी) – इंग्लिस प्रिमियर लिगको दोस्रो चरणको खेलमा टोटनह्याम हट्सपरले प्रिमियर लिग च्याम्पियन चेल्सीलाई आफ्नो मैदानमा आतिथ्य गर्दैछ । खेल वेम्वली स्टेडियममा नेपाली समय अनुसार राति ८ः४५ बजेपछि शुरु हुदैछ ।

Kane hazard

पहिलो खेलमा न्यु क्यासल युनाइटेडलाई २–० ले पराजित गरेको टोटनह्याम त्यही प्रदर्शन चेल्सीमाथि दोहोर्याउने लक्ष्यका साथ मैदान उत्रनेछ । तर, टोटनह्यामलाई घाइते खेलाडीहरुले पिराल्ने छ । टोटनह्याम ड्यानी रोस, इरिक लमेला र जर्ज केभिन एङकोडोबिना मैदान उत्रदैछ ।

यता प्रिमियर लिग च्याम्पियन चेल्सी भने टोटनह्यामलाई पराजित गर्दै पहिलो खेलमा बर्नलीसँग घरेलु मैदानमै बेहोरेको हार बिर्साउन अभियानमा हुनेछ । कप्तान ग्यारी काहिल र सेस फाब्रिगास प्रतिबन्धमा रहेपनि इडेन हजार्ड, भिक्टर मोसेस र टिमोउ बाकायोकोको आगमनले हौसिएको छ । यस्तै चेल्सीसँग यसै सिजन रियल म्याड्रिडबाट क्लबमा अनुबन्धित भएका अल्भेरो मोराटाको पनि साथ रहनेछ । पेड्रा रोड्रिग्वेज भने खेल्नेमा अझै शंका छ ।

चेल्सीका प्रशिक्षक एन्टेनियो कोन्टले टोटनह्यामलाई सम्मान गर्ने र उ सधैको प्रिमियर लिगको दावेदार रहेको बताएका छन् । यता टोटनह्यामका प्रशिक्षक मौरिसियो पोचेटिनोले वेम्वली स्टेडियममा चेल्सीलाई पराजित गर्ने बताए । टोटनह्यामको घरेलु मैदान ह्वाइट हार्ट लेन मर्मतको कार्यमा रहेकाले टोटनह्यामले पछिल्लो दुई तीनहप्ता देखि वेम्वली स्टेडियममा प्रशिक्षण गर्दै आइरहेको छ ।

हेड टु हेड

प्रिमियर लिगमा यि दुई क्लबबीचको हेड टु हेडलाई हेर्दा चेल्सी नै हावी देखिएको छ । पछिल्ला १७ लिग खेलमा चेल्सीले ८ खेलमा जित हात पार्दा ७ खेल बराबरी खेलेको छ । वेम्वली स्टेडियममा यो प्रिमियर लिगको पहिलो खेल हो । वेम्वली स्टेडियमले अहिलेसम्म ५८ फरक खेलको आयोजना गरिसकेको छ ।

टोटनह्यामले चेल्सीलाई आइतबार पराजित गर्न सके अर्काे रेकर्ड बनाउनेछ । घरेलु मैदानमा टोटनह्याम १९ खेलसम्म अपराजित छ । यो अपराजित यात्रालाई कायम राख्न सके टोटनह्याम लिभरपुलले सन् १९७२ मा राखेको २१ खेलसम्मको अपराजित यात्रालाई पछ्याउनेछ । टोटनह्याम सन् २०१५ को मे मा साउथह्याम्टनसँग पराजित भएयता घरेलु मैदानमा पराजित भएको छैन ।

आइतबार चेल्सीविरु४ गोल गर्न सके ह्यारी केनले टोटनह्यामबाट १०० गोलको आँकडा पार गर्नेछ । केन अघिल्लो सिजन टोटनह्यामको सर्वाधिक (२१) गोलकर्ता हुन् । चेल्सीले सन् १९७३ को प्रिमियर लिगको शुरुवाती दुई खेल गुमाएको थियो । यसपटकको पहिलो खेलमा चेल्सी बर्नलीसँग पराजित भैसकेको छ । सन् २०१५ अगष्टदेखि चेल्सीले ७७ खेलमध्ये ३१ खेलमा हार र २४ मा जित निकालेको छ । एन्टेनियो कोन्टेको चेल्सीले वेम्वलीमा आठपटक हार बेहोरेको छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.