default_image

8 years ago

August 21, 2017

पहिलो हाफमा नेपाल ४-० ले अगाडी

184 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – साफ यू-१५ अन्तर्गतको पहिलो खेलमा नेपाल माल्दिभ्सविरुद्ध पहिलो हाफमा ४-० ले अगाडी छ । नेपालका लागि बिर्जेश चौधरी , दर्शन गुरुङ , कप्तान रोशन राना मगर र आकास बुढा मगरले गोल गरे ।

nepal goal

समूह ‘बी’ मा पहिलो खेल खेलेको नेपालले सुरुवात देखि खेलमा कब्जा जमाएपनि छैटौ मिनेटमा माल्दिभ्स गोल गर्नबाट चुक्यो । सन्जिब अर्यालले गोलरक्षक बिशाल सुनारलाई दिएको पासमा मल्सिभ्सका इब्राहिम इमरानले अवसर पाएपनि उनको फितलो प्रहार पोस्टबाट बाहिरियो ।

नेपालले १३ औं मिनेटमा बिर्जेश चौधरीको हेड मार्फत अग्रता लियो । दर्शन गुरुङको पासलाई करिब १६ यार्डबाट हेड गर्दै बिर्जेशले माल्दिभ्सका किपर मोहम्मद रैफ अब्दुल्लाको माथिबाट गोल गर्न सफल भए । नेपालले २१ मिनेटमा अग्रता दोब्बर गर्यो । रन्जन पुनको पासलाई पोस्टको दायाँ बाट नियर पोस्टमा प्रहार गर्दै दर्शनले गोल गरे ।

त्यस्तै नेपालले कप्तान रोशन राना मगरको पेनाल्टीमा तेस्रो गोल गर्यो । दर्शनले बल ड्राइभ गर्दा माल्दिभ्सका रक्षक मोहम्मद फ्यान इमरानले ह्याण्ड गरेपछि पाएको पेनाल्टीलाई रोशनले गोलमा परिणत गरेका थिए । उनले पोस्टको बायातर्फा प्रहार गर्दा माल्दिभ्सको किपरले बलको दिशामा डाइभ गरेपनि रोक्न सकेनन ।

गोल कर्ता रन्जन पुनलाई ३२ मिनेटमा स्तानतरण गर्दै मैदान प्रवेश गरेका आकाशले ४५ मिनेटमा चौथो गोल गरे । माल्दिभ्सका डिफेन्डरले बक्सबाट गरेको फितलो क्लियर आकाशको खुट्टामा परेपछि उनले फार पोस्टमा गोल गर्न सफल भए । माल्दिभ्सले पहिलो हाफको इन्जुरी समयमा एक गोल गर्ने अवसर पाएपनि अहमेद रासलाह हमेदको प्रहार पोस्टमा लागेर बाहिरियो ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.