8 years ago
August 22, 2017
म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले टोलीको सफलतामा एष्र्या गर्नेहरु रहेको बताएका छन् । आइतबार ३–० ले रियल जितेको खेलमा रामोस इन्जुरी समयको पहिलो मिनेटमा दोहोरो पहेलो कार्डका कारण मैदान बाहिरिनु परेको थियो । रेफ्रीको त्यहि निर्णयलाई रामोसले एष्र्याका रुपमा अर्थ लगाएका छन् ।
गेराथ बेल, कासिमेरो र टोनी क्रुसले गोल गरेको गोलबाट जितका साथ रियलले उपाधि रक्षाको यात्रा प्रारम्भ गरेको थियो । तर, डिपोर्टिभो लाकुरुनासँगको दोस्रो हाफ भने विवादस्पद रह्यो । विपक्षी रक्षक फावियन स्करसँग अल्झिदा रामोसले पहिलो पहलो कार्ड पाएका थिए । त्यसपछि इन्जुरी समयमा परिवर्तित बोर्जा भालेलाई एरियल बलमा चुनौति दिदा रामोसले दोस्रो पहेलो कार्ड पाएका थिए ।
रियलका प्रशिक्षक जिनेदिन जिदानले पनि बारम्बार रेफ्रीको निर्णयलाई लिएर असन्तुष्टी पोखिरहेका छन् । स्पेनिस सुपर कपको पहिलो लेगको घटनालाई लिएर टोलीका सुपर स्टार क्रिस्टियानो रोनाल्डोमाथि पाँच खेलको प्रतिबन्ध लागेपछि जिदानले असन्तुष्टी व्यक्त गर्दै आइरहेका छन् ।
ला लिगामा कीर्तिमानी १८ रातो कार्ड पाइसकेका रामोसले लगातार दुई पटक च्याम्पियन्स लिग विजेता टोलीले राम्रो गरेको सबैले मन पराउँछन् भन्ने नरहेको बताए । ‘हामी खुला भएर कुरा गर्न सक्छौं,’ रामोसले भने,‘हामीले राम्रो गरेको सबैलाई मन पर्छ भन्ने छैन । तर पनि हामी हरेक रात राम्ररी निदाउँछौं । जहाँ केही विवादास्पद निर्णय भएको छ । तर पनि महत्वपूर्ण विषय भनेको हामीले जितबाट सुरुआत गरेका छौं । तर दोस्रो पहेलो कार्डसँगै मैदान छोड्नु भनेको एकहद सम्म दबाब बढाउने प्रयास हो ।’
रियलबाट सबै प्रतियोगितामा गरि ५ सय २६ खेल खेलिसकेका रामोसले अहिले सम्म २३ पटक रातो कार्ड पाइसकेका छन् । तर, स्पेनका लागि १ सय ४३ खेलमा उनले अहिले सम्म रातो कार्डको दर्शन गर्नुपरेको छैन । यद्दपी उनी स्पेनिस रेफ्रीले आफुमाथि पूर्वाग्रह राखेर निर्णय नगर्ने बताए । तर, समग्रतामा उनीको नजरमा इङ्ल्यान्डका अफिसियलले समग्रतामा राम्रो काम गरिरहेको सुनाए ।
‘मलाई लाग्दैन कुनै पनि निर्णय पहिले नै सोचिएका हुन्छन् । तर, केही खेलाडीलाई विशेष निगरानी राखिन्छ,’ उनले भने,‘रेफ्रीलाई अझै बढी च्याम्पियन्स लिग र अन्तर्राष्ट्रिय खेलमा मौका दिन आवश्यक छ । हामीले इङ्ल्यान्डको अभ्यासलाई हेर्नुपर्दछ । त्यहाँ खेलपछि पनि त्यसको विश्लेषण र कारवाही हुने गरेको छ । हामीले भन्दा त्यहाँ राम्रो अभ्यास गररिहेका छन् । ’
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]