8 years ago
August 22, 2017
म्यानचेस्टर (एजेन्सी) – म्यानचेस्टर युनाइटेडका पूर्व स्टार वायन रुनीले इङ्लिस प्रिमियर लिगमा २ सय गोल पुरा गरेका छन् । १३ वर्षपछि यो सिजन युनाइटेडबाट पुरानै क्लब एभर्टन फर्केका रुनीले प्रिमियर लिगमा गएराती म्यानचेस्टर सिटीविरुद्धको खेलमा गोल गर्दै २ सय गोलको कोसेढुंगा पुरा गरेका हुन् ।
प्रिमियर लिगमा २ सय गोल गर्ने उनी दोस्रो खेलाडी हुन् । प्रिमियर लिगमा सबैभन्दा बढी गोल गर्ने खेलाडी एलन शियरर हुन् । उनले नाममा २ सय ६० गोल छ । एभर्टनको अवे खेलमा रुनीको गोलमा अग्रता लिएपनि खेल १–१ को बराबरीमा टुंगिएको थियो । रहिम स्टर्लिङले खेलको अन्त्यतिर गोल गर्दै सिटीलाई हारबाट जोगाएका थिए ।
पछिल्लो समयमा फर्ममा नभएको भन्दै आलोचना भैरहेको बेला रुनीले नयाँ सिजनको सुरुआत दमदार रुपमा गरेका छन् । उनकै गोलमा एभर्टनले लिगको पहिलो खेल जितेको थियो । लगातार दुई खेलमा गोल गरेका रुनीले इङ्ल्यान्डको राष्ट्रिय टोलीमा पुनरागमन गर्न सक्ने अनुमान गरिएको छ । रुनीको खेल हेर्न इङ्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेट म्याचेस्टर पुगेका थिए ।
लगातार गोल गरेपछि रुनीले आफु प्रदर्शनमा केन्द्रित रहेको बताएका छन् । ‘मेरो टिम प्रशिक्षक ग्यारेथ साउथगेटसँग पछिल्लो समय लगातार सम्पर्क भैरहेको छ ,’ रुनीले भने, ‘हेरौ भविष्यमा के हुन्छ ।’ विश्वकप छनोट अन्र्तगत इङ्ल्यान्डले यो महिला माल्टा र स्लोभाकियाविरुद्ध खेल्ने तय छ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]