8 years ago
August 22, 2017
पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन(पिएसजी) का स्ट्राइकर नेयमारले बार्सिलोनाका बोर्ड सदस्यहरु प्रति असन्तुष्टी जनाएका छन् । विश्व कीर्तिमानी रकममा केही साताअघि बार्सिलोनाबाट पिएसजी पुगेका नेयमारले बार्सिलोनाका बोर्ड सदस्य क्लब सम्हाल्न लायक नरहेको बताएका छन् ।

‘मलाई बार्सिलोनाका बोर्ड सदस्यलाई धेरै केहि भन्नु छैन , तर मा उनीहरु प्रति निराश छु ,’ नेयमारले असन्तुष्टी पोख्दै भने,‘क्लबमा ४ बर्ष बस्दा खुसी थिए । खुसी साथ क्लबमा स्थान पनि पाए । खुसी साथ खेले, खुसी साथ छाडे तर उनीहरुसँग भन्ने खुसी थिइन ।’
नेयमारको नजरमा हालका पदाधिकारी बार्सिलोना सम्हाल्न उपयुक्त छैनन् । ‘बार्सिलोनाका मेरा साथीहरुको दुःख देख्दा नराम्रो लाग्छ,’ नयमारले अगाडि भने,‘आशा गरौं, उनीहरुको समास्या समाधान हुनेछ र बार्सिलोना फेरि पहिलाको जस्तै विशाल टोली बन्ने छ ।’
बार्सिलोनाबाट २ सय २२ मिलियन युरोको विश्व कीर्तिमानी रकममा फ्रान्सको पिएसजी पुगेका नेयमारले क्लबका लागि उत्कृष्ट सुरुआत गरिसकेका छन् । पिएसजीबाट २ खेलमा उनले ३ गोल गरिसकेका छन् ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]