default_image

8 years ago

August 23, 2017

साफ यू-१५ : भारतविरुद्ध पहिलो जितको खोजीमा नेपाल

128 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– फुटबलमा नेपालका लागि दक्षिण एसियाली राष्ट्रमध्ये भारत सबैभन्दा बलियो प्रतिद्वन्द्वि रहँदै आएको छ । नेपाली राष्ट्रिय टोलीले भारतीय टोलीलाई पटक पटक हराएपनि उमेर त्यो सफलता प्राप्त गर्न सकिएको छैन । 

यसअघि यू १६ उमेर समूहमा हुने साफ फुटबल च्याम्पियनसिप यसपटक यू १५ समूहमा खेलाइएको छ । यू १६ अघिल्ला तीनै संस्करणमा नेपाल भारतीय टोलीसँग पराजित भएको थियो ।

यसपटक अहिले सम्मको हारको बदला लिने मौका फेरि एक पटक नेपाली युवा टोलीले पाएको छ । समूह ‘बी’ को समूह चरणको अन्तिम खेलमा आज नेपालले भारतको सामना गर्दैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको क्रृतिम मैदानमा दिउँसो ३ बजे खेल सुरु हुनेछ ।

सन् २०११ मा नेपालमा आयोजित साफ यू १६ को पहिलो संस्करणमा नेपाल हेमन गुरुङको कप्तानीमा रहेको थियो । दशरथ रंगशालामा भएको च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको थियो । निर्धारित र थप समयमा १–१ को बराबरीमा भएपछि पेनाल्टीमा नेपाली टोली ४–२ ले पराजित भएको थियो ।

दोस्रो संस्करणमा हेमन्त थापा मगरको कप्तानीको टोलीलाई भारतले फाइनलमा १–० ले हराएको थियो । बंगलादेशमा भएको अघिल्लो संस्करणमा पनि नेपाल भारतबाट रोकिएको थियो । जहाँ नेपाल १–० पराजित भएको थियो ।

यसपटक पनि बलियो दाबेदारी प्रस्तुत गर्ने क्रममा भारतले पहिलो खेलमा माल्दिभ्सलाई ९–० ले पराजित गरेको थियो । माल्दिभ्सलाई ६–० ले हराउँदै नेपालले पनि भारतसँग खेल्नुअघि नै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ । एकै टोलीलाई हराएका मध्ये गोलअन्तरमा भारत शीर्ष र नेपाल दोस्रो स्थानमा छ ।

सेमिफाइनलमा समूह विजेताले भुटानको र उपविजेताले बंगलादेशको सामना गर्नेछ । पहिलो खेलमा भारतका लागि रभी बहादुर रानाले ह्याट्रिक गरेका थिए । नेपालका लागि भने पहिलो खेलमा रोशन दोगंले रातो कार्डको सामना गरेका कारण भारतविरुछ खेल्ने छैनन् ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.