8 years ago
August 22, 2017
बार्सिलोना (एजेन्सी)– सम्झौता उलंघन गरेको भन्दै स्पेनिस क्लब बार्सिलोनाले क्लबका पूर्व खेलाडी नेयमार विरुद्ध कानुनी उपचार खोज्ने भएको छ । बार्सिलोनासँगको सम्झौता नविकरण गर्ने क्रममा गरेको बाचा नेयमारले पुरा नगरेको भन्दै बार्सिलोनाले मंगलबार स्पेनिस फुटबल संघमा उजुरी दायर गरेको छ ।

‘बार्सिलोनाले फ्रेन्च फुटबल फेडेरेसन र फिफाको समेत ध्यानाकर्षण गराउँदै सम्झौता विपरित गएकोमा नेयमार विरुद्ध स्पेनिस फुटबल संघमा उजुरी दर्ता गराएको छ ,’ बार्सिलोनाले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘ बार्सिलोनाले नेयमारलाई सम्झौता नविकरण गर्दा तिरेको ८.५ मिलियन पाउण्ड क्षतिपूर्ति र १० प्रतिशत ब्याजको माग गरेको छ ।’
अक्टोबरमा गरिएको नयाँ सम्झौता अनुसार नेयमारले तीन वटा शर्त पुरा गर्नु पर्ने उल्लेख थियो । पहिलो शर्त अनुसार नेयमार जुलाई ३१ सम्म नयाँ क्लबमा आबद्ध हुन पाउने थिएनन् । दोस्रो उनले सार्वजनिक रूपमा सम्झौताको पालन गर्ने प्रतिबद्धता गर्नुपर्ने र तेस्रो उनलाई सेप्टेम्बर १ मा बोनस रकम प्रदान गरिने थियो ।
बार्सिलोनाका प्रवक्ता जोसेप भिभेसले जारी गरेको विज्ञप्तीमा अगाडि भनिएको छ ‘शर्त पालन नभएका कारण हामीले नेयमारलाई बोनस दिएनौं र नोटरी राखिएको उक्त रकम क्लबले फिर्ता लिएको छ ।’
अगस्ट ३ मा सार्वजनिक रुपमा पेरिस सेन्ट जर्मेन (पिएसजी) नपुग्दा सम्म नेयमारले आफ्नो सरुवाका बारेमा खुलेर बोलेका थिएनन् । फ्रेन्च क्लब पुगेपछि उनले २ खेलमा ३ गोल गरिसकेका छन् । नेयमारले बार्सिलोना पदाधिकारीको आलोचना गरेका थिए ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]