default_image

8 years ago

August 23, 2017

कौटिन्हो भित्राउने चौथो प्रयास गर्ने तयारीमा बार्सिलोना

110 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – बार्सिलोनाले लिभरपुलका मिडफिल्डर फिलिपे कौटिन्होलाई क्लबमा भित्राउन चौथो प्रयास गर्ने भएको छ । लिभरपुलले बार्सिलोनाको अघिल्लो तीन प्रस्ताव अस्वीकार गरि सकेको छ ।

coutinho

स्काई स्पोट्र्सका अनुसार बार्सिलोनाले चौथो प्रस्तावमा कौटिन्होलाई भित्राउन १ सय ३८ मिलियन पाउण्ड तिर्न तयार रहनेछ । बार्सिलोनाले लिभरपुललाई १ सय १ मिलियन पाउण्ड सुरुमा तिरेर ३७ मिलियन भने विभिन्न शर्त लगाउनेछ । ३७ मिलियनमा लगाइएको शर्त भने कौटिन्होको च्याम्पियन्स लिगमा खेलेको खेलको आधारमा हुनेछ ।

लिभरपुलले यसअघि बार्सिलोनाको ७२, ९० र १ सय १८ मिलियन पाउण्डको प्रस्ताव अस्वीकार गरेको थियो । लिभरपुलले पटक पटक कौटिन्हो नबेच्ने भन्दै आएपनि ब्राजिलियन मिडफिल्डरले भने बार्सिलोना जाने इच्छा गर्दै क्लब समक्ष सरुवाका लागि निवेदन समेत दिएका थिए ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.