default_image

8 years ago

August 23, 2017

रोनाल्डोको अपिल दोस्रोपटक खारेज

126 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – बार्सिलोनासँग स्पेनिस सुपर कपको पहिलोे लेगमा रातो कार्ड पाएपछि रेफ्रीलाई धकेलेका रियल म्याड्रिडका सुपर स्टार क्रिस्टियानो रोनाल्डोलाई ५ खेलमा प्रतिबन्ध लगाइएको थियो । 

ronaldo

उक्त प्रतिबन्धको विरुद्ध रियलले अपिल गरेपनि स्पेनिस फुटबल संघ त्यसलाई खारेज गरेको थियो । त्यसपछि रियलले कास गरेको उजुरी पनि खारेज भएपछि अब उनले ५ खेलमै प्रतिबन्ध खेप्नु पर्ने भएको छ ।

सुपर कपको दोस्रो लगेसँगै स्पेनिस ला लिगाको पहिलो खेल गुमाइसकेका रोनाल्डोले भ्यालेन्सिया, लेभान्टे र रियल सोसिडाडसँगको खेल गुमाउनेछन् । रोनाल्डो विनानै सुपर कप जितेको रियलले ला लिगामा सिजनको पहिलो खेल पनि जितिसकेको छ ।

रोनाल्डोले सामाजिक सन्जालमार्फत कासको निर्णय प्रति असन्तुष्टी पोखेका छन् । ‘म माथि फेरी अन्याए भएको छ,’ उनले लेखेका छन्,‘ मलाई तोड्न कसैले सक्दैन । अझै बलियो भएर फर्कनेछु । मलाई साथ दिनु हुने सबैलाई धन्यवाद ।’

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.