8 years ago
August 23, 2017
बार्सिलोना (एजेन्सी)- क्याटालन क्लब बार्सिलोनाको ट्विटर अकाउन्ट ह्याक भएको छ। बुधबार बिहानै ह्याक भएको अकाउन्टमार्फत ह्याकरले पिएसजीबाट एन्जेल डी मारियाको ट्रान्सफर पुरा भएको झुठो खबर पोस्ट गरेका थिए।
२४ घण्टा अगाडी मात्र नेयमार विरुद्ध मुद्दा दायर गर्ने भनेर विज्ञप्ति सार्वजनिक गरेको बार्सिलोनाले केहि घण्टा पश्चातनै डी मारियालाई भित्र्याउने खबर ट्विटर मा पोष्ट गर्दा सबै अचम्ममा परेका थिए। ह्याकरले उक्त अकाउन्टबाट ‘ Welcome Angel Di Maria to FC Barcelona!‘ लेख्दै पोष्ट गरेका थिए।
केहि बेर सम्म बार्सिलोनाको ट्विटरबाट ट्विट हुने र हट्ने क्रम जारी रह्यो। यो ह्याकिंगको जिम्मा ‘Our Mine‘ नामक साउदी अरबियन ग्रुपले लिएको छ। सो ग्रुपले बिगतमा नेटफ्लिक्स र मार्बलको ट्विटर तथा सिएनएन र मार्क जुकरबर्गको फेसबुक अकाउन्ट ह्याक गरेको थियो।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]