8 years ago
August 23, 2017
लन्डन (एजेन्सी)– वायन रुनीले तत्काल लागु हुने गरि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । एभर्टनका फरवार्डले इङ्ल्यान्डका लागि १ सय १९ खेलमा ५३ गोल गरेका छन् ।
माल्टा र स्लोभाकियाविरुद्ध केही दिनमा हुने विश्व कप छनोटको लागि टोलीमा प्रशिक्षक गारेथ साउथगेटले बोलाएपनि रुनीले बुधबार नै विज्ञप्ती जारी गरि सन्न्यासको घोषणा सार्वजनिक गरेका हुन् । उनी आफ्नो खेल जीवनमा तीन विश्व कप र तीन वटा युरोपियन च्याम्पियनसिप खेलेका छन् ।
‘प्रशिक्षक साउथगेटले यो साता विश्व कप छनोटको आउँदो खेलका लागि मलाई टोलीमा डाक्नु मेरो लागि उत्कृष्ट क्षण दियो । म साच्चै त्यसको सम्मान गर्दछु’ रुनीले भने,‘तर, मैले धेरै सोच विचार गरे अब अन्तर्राष्ट्रिय फुटबल नखेल्ने निर्णय लिएको छु । यो निर्णयमा पुग्न सजिलो पक्कै थिएन । परिवार, एभर्टनका प्रशिक्षक र मेरा नजिक साथीसँग सल्लाह गरेर म यो निर्णयमा पुगेको हु ।’
इङ्ल्यान्डबाट खेल्नु जहिले पनि विशेष हुने गरेको रुनीले अनुभव सुनाए । ‘एउटा खेलाडी वा कप्तानका रुपमा बोलाइनु सम्मानको विषय हो ’ उनले अगाडि भने, ‘मलाई सयोग गर्ने सबैप्रति म अभारी छु । तर, अब विदा लिने समय आएको छ ।’ म्यानचेस्टर युनाइटेडबाट अलग हुने निर्णय गर्न पनि निकै कठिन भएको उल्लेख गर्दै उनले एभर्टन जानु निर्णय सहि भएको पनि बताए ।
‘अब सबै ध्यान क्लबमा लगाउने छु र सफलताको लागि प्रयास गर्नुछु’ उनले भने, ‘इङ्ल्यान्डको समर्थक भने सधै रहनेछु । सफल इङ्ल्यान्ड टोलीको हिस्सा हुन नसकेकोमा भने मलाई दुःख लागिरहेनछ ।’ रुनीले अहिलेको टोलीबाट भविष्यमा सफलता मिल्ने आशा पनि राखेका छन् । उनले थपे‘अहिलेका खेलाडी र प्रशिक्षकले सफलताका लागि प्रयास गर्नेछन् । त्यसमा सबैको साथ रहनेछ । एक दिन सपना साचो हुनेछ । समर्थकका रुपमा मलाई टोलीप्रति विश्वास छ ।’
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]