default_image

8 years ago

August 24, 2017

ब्राजिलियन पूर्व स्टार कार्लोसलाई जेल सजाय

99 views

0 Bookmark

रियो दि जेनेरियो (एजेन्सी) – ब्राजिलियन पूर्व सुपरस्टार खेलाडी रोबर्टो कार्लोेसलाई रियो दि जेनेरियाको अदालतले तीन महिना जेल सजाय तोकेको छ । बारबारा थर्लरसँग सम्बन्ध विच्छेद भएपछि उनलाई तिर्नुपर्ने रकममा ढिलाई गरेपछि कार्लोसलाई जेल सजाए सुनाइएको हो ।

Carlos

ब्राजिलियन अदालतका अनुसार उनले थर्लरसँगको विच्छेद पछि दुई बच्चाको भरणपोषणका लागि तिर्नुपर्ने २० हजार अमेरिकी डलरमा दिन ढिलाई गरेपछि उनलाई कारवाही गर्ने आदेश गरेको हो ।

हाल रियल म्याड्रिडको एसिया र ओसिनिया क्षेत्रको एम्बेसेडर समेत रहेको कार्लोसले आर्थिक समस्याका कारण रकम दिन ढिलाई भएको बयान दिएका थिए । कार्लोसकी अहिलेको पत्नी मारियान लुकोनले जुलाईमा दोस्रो सन्तानलाई जन्मदिएकी थिइन् । कार्लोसको भने नवौं सन्तान हुन् ।

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

December 17, 2025

चेल्सी लिग कपको सेमिफाइनलमा

एजेन्सी – चेल्सीले कार्डिफ सिटीलाई ३-१ ले पराजित गर्दै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। यो जितसँगै चेल्सी सेमिफाइनल पुग्ने पहिलो टोली बनेको हो। खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका आलेहान्द्रो गार्नाचो र पेद्रो नेटो चेल्सीका लागि निर्णायक बने। शनिबार एभर्टनविरुद्ध जितपछि प्रशिक्षक एन्जो मारेस्काले टोलीमा धेरै परिवर्तन गरेका कारण चेल्सीले सुरुवातमा लय समात्न सकेन। […]

Success

Thank you for your time.