8 years ago
August 25, 2017
लन्डन (एजेन्सी)– इङ्ल्यान्डका पूर्व कप्तान एवंम् म्यानचेस्टर युनाइटेडका महान खेलाडी डेभिड ब्याकह्यामले वायन रुनी प्रति ठूलो सम्मान प्रकट गरेका छन् । युनाइटेड र इङ्ल्यान्डका पूर्व कप्तान समेत रहेका रुनीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेपछि बेकह्यामले सामाजिक सञ्जालमार्फत सम्मान व्यक्त गरेका हुन् ।

३१ वर्षे रुनीको सन्न्यासको घोषणा सार्वजनिक भएसँगै समकक्षी थ्रुपै खेलाडीले उनको तारिफ गर्दै सम्मान देखाएका छन् । त्यसमध्ये बेकह्यामले उनको खुलेर प्रशंसा गरेका छन् । आफुले कप्तानी गरेको खेलमा रुनीसँगको तस्बिरसहित बेकह्यामले उनको सन्न्यासमा आफ्नो धारणा राखेका छन् ।
बेकह्यामले इन्स्टाग्राममा राखेको सन्देश ।

‘जति बेला तिमि १७ बर्षको उमेरमा देशका लागि पहिलो खेल खेल्न अघि बढेका थियो । त्यति बेलानै लागेको थियो । तिमिले इङ्ल्यान्डका लागि लामो समय खेल्नेछौं । मैले त्यस्तो टोलीलाई कप्तानी गर्ने अवसर पाए जसमा वायन रुनी जस्ता खेलाडी थिए, किनकी एउटा कप्तानका लागि विजयी मानसिकता, चाहना र लगाव भएको खेलाडीको आवश्यकता पर्दछ । त्यो सबै रुनीमा थियो । त्यसैले त उनले क्लब र देशका लागि गोलमा कीर्तिमान तोडे । उनको सन्न्यासको निर्णयले व्यक्तिगत रुपमा मलाई दुःख लागेको छ । त्यसको एउटा कारण उनलाई समर्थकले धेरै माया गर्छन् । त्यसकारण पनि उनका लागि थ्री लायन्सको जर्सी लगाउनु उनका लागि कति अर्थपूर्ण थियो । त्यो देख्न पाइनेछैन । उनी विशेष क्षमता भएका खेलाडी हुन् । त्यहि विशेष क्षमताको हामी निरन्तरता चाहन्छौ । वी लभ यू ………. ११९ आउट ’
सन् २००३ मा राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गरेका रुनीले १ सय १९ खेलमा ५३ गोल गरेका थिए । १३ बर्ष युनाइटेडमा बिताएर यो सिजन पुनः एभर्टन फर्केका उनी इङ्ल्यान्डका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् ।
त्यस्तै उनी देशका लागि सर्वाधिक खेल्ने खेलाडीको सुचिमा दोस्रो नम्बरमा पर्दछन् । गोलकिपर पिटर सिल्टोनमात्र उनीभन्दा अगाडि छन् । एभर्टनमा पुनरागमनयता रुनी उच्च फर्मममा देखिएका छन् । प्रिमियर लिगका पछिल्ला दुई खेलमा उनीले दुई गोल गरिसकेका छन् ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]