8 years ago
August 26, 2017
म्यान्चेस्टर (एजेन्सी)– इङ्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यान्चेस्टर युनाइटेडले आज राती लेस्टर सिटीको सामना गर्दै छ । युनाइटेडले पछिल्ला दुवै खेल ४–० को अन्तरले जितेको थियो । लेस्टरको दुई खेलमा एकमा जित र अर्कोमा हार बेहोरेको थियो ।
ओल्ड ट्राफोर्डमा हुने खेलमा युनाइटेडका प्रशिक्षक जोसे माउरिन्हो पछिल्ला खेलको नतिजाको निरन्तरताको अपेक्षा राख्छन् । घरेलु मैदानमा खेलिएको पहिलो खेलमा युनाइटेडले स्वान्सिलाई ४–० ले हराएको थियो भने दोस्रो खेलमा वेस्ट ह्यामसँग उसकै मैदानमा समान नतिजा निकालेको थियो ।
लेस्टरले भने पहिलो खेलमा आर्सनलसँग ४–३ले हार बेहोरेको थियो । ब्राइटनसँगको दोस्रो खेलमा भने लेस्टरले २–० को जित दर्ता गर्न सफल भएको थियो । यसैगरी यही सिजन बढुवा भएको हडस्र्फिल्ड टाउनले साउथह्याम्टनलाई आफ्नो गरेलु मैदानमा स्वागत गर्नेछ । हडस्र्फिल्ड टाउनले म्यान्चेस्टर युनाइटेडझैँ खेलिएका दुवै खेलमा जित हासिल गर्दै आफूलाई लिगको दोस्रो स्थानमा उभ्याएको छ ।
शनिबारको अन्य खेलमा म्यानचेस्टर सिटीले बर्नमोथको सामना गर्ने छ भने लिगको पुछारतिर रहेको क्रिस्टल प्यालेस स्वान्सी सिटीसँग भिड्दै छ । दुवै खेल हारेका न्युकासल युनाइटेड र वेस्ट ह्यामले एक(अर्काको सामना गर्दै छन् । त्यसैगरी पछिल्लो खेलमा बर्नमोथलाई २–० ले हराएको वाटफोर्डले अर्को जितविहीन टोली ब्राइटनसँग खेल्दै छ ।
नेपाली समयअनुसार शनिबारका खेलहरु
-बर्नमोथविरुद्ध म्यानचेस्टर सिटी, ५ः१५ बजे
-क्रिस्टल प्यालेसविरुद्ध स्वान्सी सिटी, ७ः४५ बजे
-हडस्र्फिल्ड टाउनविरुद्ध साउथह्याम्टन, ७ः४५ बजे
-न्युकासल युनाइटेडविरुद्ध वेस्ट ह्याम, ७ः४५ बजे
-वाटफोर्डविरुद्ध ब्राइटन, ७ः४५ बजे
-म्यान्चेस्टर युनाइटेडविरुद्ध लेस्टर सिटी,१०ः१५ बजे
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]