8 years ago
August 27, 2017
लण्डन (एजेन्सी)– प्रिमियर लिग अन्तर्गत आज हुने पहिलो खेलमा लिग च्याम्पियन चेल्सीले एभर्टनको सामना गर्दै छ । पहिलो खेल गुमाएको चेल्सीले दोस्रो खेलमा टोटनह्यामलाई पराजित गरेको थियो भने पहिलो खेलमा बिजयी भएको एभर्टनले दोस्रो खेल बराबरीमा चित्त बुझाउन परेको थियो ।
पछिल्लो सिजन लिग जित्दाका आफ्ना मुख्य खेलाडी डिएगो कोस्टा र इडेन हजार्ड बिना खेलिरहेको चेल्सीको प्रदर्शन खासै चित्त बुझ्दो छैन। पहिलो खेलमा रातो कार्ड पाएर दोस्रो खेल गुमाएका फ्याब्रीगास आज एभर्टन बिरुद्ध उपलब्ध हुने छन। त्यस्तै अघिल्लो सिजनको मुख्य खेलाडी रोमेलु लुकाकुलाई म्यानचेस्टर युनाइटेडलाई बेचेपनी रुनीको पछिल्लो फर्मका कारण उच्च मनोबलका साथ लण्डनको यात्रा गर्दै छ।
लिगमा यी दुई टोली बिचको पछिल्लो ५ भेटमा चेल्सीले ३ खेल जितेको छ भने एक खेल एभर्टनको पक्षमा रहेको थियो तथा एक खेल बराबरीमा टुंगिएको थियो।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]