8 years ago
August 30, 2017
म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर युनाइटेडले रियल म्याड्रिडका गेराथ बेल भित्राउने अन्तिम प्रयास थालेको छ । युनाइटेडले बेलका लागि १ सय मिलियन युरोको प्रस्ताव ला लिगा च्याम्पियन सामू राखेको बताइएको छ । सरुवा बजार बन्द हुन एक दिन बाँकी रहँदा युनाइटेडले यस्तो प्रयास गरेको हो ।

भ्यालेन्सियासँग २–२ को बराबरी गरेको रियलको पछिल्लो ला लिगा खेलमा वेल्सका बेलले प्रभाव जमाउन सकेनन् । बरु त्यो खेलमा मार्को एसेन्सियोले आफ्नो प्रभाव देखाएका थिए । कतिपय स्पेनिस सञ्चारमाध्यमले त्यो खेल रियलबाट बेलको अन्तिम खेल भएको अनुमान पनि गरेका छन् ।
टोटेनह्यामका पूर्व स्टार बेल लगातार रियलका फ्यानबाट आलोचित हुँदै आएका छन् । यो सिजन रियलमा बस्दा पनि उनले पर्याप्त अवसर पाउनेमा शंका रहेको छ । युनाइटेडले भने सरुवा बजार खुले देखि नै बेल प्रति चासो देखाइरहेको थियो । युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होले पनि बेलका बारेमा बारम्बार चर्चा गदै आइरहेका छन् । युरोपियन च्याम्पियन टोली रियलमा आबद्ध भएयता उनी पटक पटक चोटग्रस्त हुँदै आएका छन् ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]