8 years ago
August 30, 2017
बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका कोरियन फरवार्ड सियंग-वू ली स्पेनिस क्लब छाड्दै इटालियन सिरिया ए को क्लब हेलोस भेरोना पुगेका छन् ।

१९ वर्षे लीले बार्सिलोनाको पहिलो टोलीमा स्थान पाउने सम्भावना न्यून भएपछि उनले क्लब छाडेका हुन् । सन् २०११ देखि युवाअवस्थामा बार्सिलोनासँग आबद्ध कोरियन खेलाडी लिले कोरियाको यू १७ र यू २० टोलीबाट खेलेका छन् ।
उनलाई अनुबन्धन गर्न इटालियन टोलीले १ मिलियन युरो तिरेको छ । बार्सिलोनाले आस गरेका युवा खेलाडी लिको सम्झौतामा दुई बर्षे ुबाई ब्याकु क्लज छ । उक्त सझौता अनुसार उनको राम्रो प्रदर्शनको आधारमा बार्सिलोनाले उनलाई क्लबमा पुनस् फर्काउने अधिकार पाउनेछ ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]