8 years ago
August 30, 2017
बार्सिलोना (एजेन्सी) –बार्सिलोनाका नयाँ खेलाडी ओसुमाने डेम्बेलेको आगमनले नेयमारको ठाँउ पुरा गर्ने क्लबका रक्षक स्यामुएल उम्तिती विश्वास व्यक्त गरेका छन् । बार्सिलोना छाडेर केही साताअघि नेयमार पेरिस सेन्ट जर्मेन पुगेका थिए ।

फ्रान्स राष्ट्रिय फुटबल टोलीमा सहकर्मी उम्तिती डेम्बेलेको आगमन पछि उत्साहित देखिन्छन् । २० वर्षे डेम्बेले बोरुसिया डर्टमाउण्डबाट १ सय ५ मिलियन युरोमा अनुबन्धित भएका थिए । २ सय २२ मिलियन यूरोको कीर्तिमानी रकममा पिएसजी पुगेका नेयमारको विकल्पका रुपमा डेम्बेलेलाई उम्तितीले मानेका छन् ।
‘डेम्बेले बार्सिलोनामा आबद्ध भएकोमा म खुसी छु । उनी नेयमारले क्लब छोडेपछिको कमीलाई राम्रोसँग पुरा गर्न सक्ने खेलाडी हुन्,’ उम्तितीले भने, ‘उनी प्रतिभावान खेलाडी हुन् । उनले बार्सिलोनालाई थप उपाधि जिताउन मद्दत गर्नेछन् । डेम्बेलेसँग खेल्न पाउँदा म उत्साहित छु ।’
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]