8 years ago
August 31, 2017
मोन्टेभिडियो (एजेन्सी)– विश्व कप दक्षिण अमेरिका छनोट अन्तर्गत उरुग्वे र आर्जेन्टिना बीच प्रतिस्पर्धा हुँदैछ । १ अंकले मात्र फरक रहेका यी दुई टोलीबीचको खेल दुवै टोलीका लागि महत्वपूर्ण छ । छनोटको शीर्षस्थानमा रहेको ब्राजिलले छैटौं स्थानको इक्वेडरलाई निम्त्याउँदै छ ।

अहिले सम्म छनोटमा भएका खेलबाट उरुग्वे २३ अंक जोड्दै तेस्रो स्थानमा छ । अर्जेन्टिना २२ अंकको साथमा पाँचौ स्थानमा छ । छटौं स्थानको इक्वेडरको २० अंक छ । अंक तालिकाको शीर्ष ४ मा रहने टोलीले अर्को बर्ष रुस विश्व कपमा स्वतः प्रवेश पाउनेछन् । पाँचौ स्थानको टोलीले भने ओसियाना क्षेत्रको विजेतासँग प्ले अफमा भिड्नु पर्ने हुनेछ ।
चिलीसँगको १–० जितमा सहायक रेफ्रीसँग दुव्र्यवहार गरेको आरोपमा अर्जेन्टिनाका सुपर स्टार लियोनल मेस्सी माथि चार खेलको प्रतिबन्ध लगाइएको थियो । त्यसकाविरुद्ध अपिल गर्दा मेस्सीको पक्षमा निर्णय आयो जसले गर्दा उनले अर्जेन्टिनाको नेतृत्व सम्हाल्दै छन् । । मेस्सीको अनुपस्थितिमा अर्जेन्टिनाले छनोटकै खेलमा बोलिभियासँग २–० को पराजय भोगेको थियो ।
त्यस्तै छनोट हुने बलियो स्थितिमा रहेको उरुग्वे लगातार पछिल्लो तीन खेलमा पराजित भएपछि दबाब बढेको हो । घुँडाका चोटका कारण केहि समययता मैदान बाहिर रहेका लुइस स्वारेज टोलीमा समावेश गरिएपनि उनी अर्जेन्टिनाविरुद्ध खेल्ने सम्भावना कम छ ।
दक्षिण अमेरिकी क्षेत्रको अन्य खेल – भेनेजुएलाविरुद्ध कोलम्बिया, चिलीविरुद्ध पाराग्वे, ब्राजिलविरुद्ध इक्वेडर,पेरुविरुद्ध बोलोभिया
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]