8 years ago
September 2, 2017
प्रेग (एजेन्सी) – विश्व कप युरोपियन छनोट अन्तर्गत गए रातिको खेलमा जर्मनीले घरेलु टोली चेक रिपब्लिकलाई २-१ ले हराएको छ । खेल सकिन २ मिनेट बाँकी हुँदा म्याट्स हमेल्सको निर्णायक गोलमा जर्मनीले समूह चरणको आठौं जितसँगै रुस विश्व कपमा छनोट हुने सम्भावना बलियो बनाएको हो ।

विश्व वरियतामा दोस्रो स्थानमा रहेको जर्मनीका लागि टिमो वार्नरले चौथौ मीनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । आर्सनलका मिडफिल्डर मेसट ओजिलको पासमा वार्नरले गोल गरेका थिए । घरेलु टोलीका लागि भ्लाडिमिर डारिडाले उत्कृष्ट गोल गर्दै ७८ औं मिनेटमा बराबरी गरेपनि हमेल्सले ८८ औं मिनेटमा हेड मार्फत गोल गर्दै जर्मनीलाई जित दिलाएका थिए ।
छनोट अन्तर्गत समूह ‘एफ’ को खेलमा शीर्षस्थानको इङ्ल्याण्डले पुछारको माल्टामाथि ४-० को सहज जित हासिल गर्यो । माल्टाको घरेलु मैदानमा भ्रमणकारी टोलीलाई पहिलो हाफमा गोल रहित रोकेपनि दोस्रो हाफमा ह्यारी केनको २ गोल तथा रायन बर्टरान्ड र ड्यानि वेल्ब्याकले गोल गरे ।
अन्य खेलहरु
काजाकिस्तान ०-३ मोन्टेनेग्रो – ९.४५ बजे
डेनमार्क ४-० पोल्यान्ड – १२.३० बजे
रोमानिया १-० अर्मेनिया – १२.३० बजे
स्लोभाकिया १-० स्लोभेनिया – १२.३० बजे
लिदुआनिया ०-३ स्कटल्यान्ड – १२.३० बजे,
सान मारिनो ०-३ उत्तर आयरल्यान्ड – १२.३० बजे
नर्वे २-० अजरवैजान – १२.३० बजे
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]