8 years ago
September 2, 2017
म्याड्रिड(एजेन्सी) – रियल म्याड्रिडको घरेलु मैदान सान्टिएगो बोर्नवउमा विश्व फुटबलका शक्तिशाली स्पेन र इटाली भिड्दै छन् । इटाली नव नियुक्त प्रशिक्षक जियान पिएरो भेन्चुराको आगमनपछि अपराजित छ ।

पछिल्लो १० खेलमा अपराजित रहँदै ८ जित र २ बराबरी गरेको इटालीले स्पेनविरुद्ध ४-४-२ को फर्मेसनमा उत्रने सम्भावना छ । युभेन्टसका डिफेन्डर जर्जियो चिलिनी चोटका कारण नखेलेपछि मिलानका एन्ड्रे कोन्टीले रक्षापंक्ति सम्हाल्न पाउने छन् । त्यसबाहेक भेन्चुराले अघिल्लो खेलमा लक्सजेम्बर्गमाथि ५-० को जितमा उतारेका खेलाडीलाई निरन्तरता दिने सम्भावना बढी छ ।
इटालीको सम्भावित सुरुवाती ११ : बुफोन , कोन्टी , बार्जाग्ली, बोनुक्की, स्पिनाजोला , काण्ड्रेभा , डी रोस्सी , भेराटी , इन्सिगने , बेलोट्टी , ईममोबाइल
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]