8 years ago
September 3, 2017
म्याड्रिड (एजेन्सी) – यूरोपको विश्वकप छनोट चरणको खेलअन्तर्गत समूह ‘जी’मा स्पेनले गएराति इटालीलाई ३-० ले हराएको छ । म्याड्रिडको स्यान्टियागो बर्नाबाउमा भएको खेलमा घरेलु टोलीका लागि इस्कोले दुई तथा अल्भारो मोराटाले एक गोल गरेका थिए ।
खेलको १३ औँ मिनेटमा इस्कोले प्रहार गरेको फ्रि-किकलाई रोक्न इटालीका गोलकिपर जियानलुइजी बुफ्फोनले कुनै मौकै पाएनन् । त्यस्तै पहिलो हाफको ४० औँ मिनेटमा इस्कोले डि-एरियाको छेउबाट प्रहार गरेको सटमार्फत स्पेनको अग्रता दोब्बर बनाएका थिए ।
यसैगरी खेलको ६६ औँ मिनेटमा परिवर्तित खेलाडि मोराटाले सर्जियो रामोसको पासको सदुपयोग गर्दै गोलमार्फत स्पेनका लागि जित पक्का गरेका थिए ।
खेलको अन्त्यतिर इस्कोका सट्टा दिग्गज स्ट्राइकर डेभिड भिल्ला पनि मैदानमा छिरेका थिए । २०१४ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएयता स्पेनका लागि यो उनको पहिलो खेल थियो । सामान्यतया रक्षात्मक खेलका लागि चिनिने इटालीको रक्षापंक्ति केहि फतिलो देखिएको थियो ।
यस जितसँगै स्पेन १९ अंकसहित समूह ‘जी’को पहिलो स्थानमा रहन सफल भएको छ । इटाली भने १६ अंक सहित समूहको दोस्रो स्थानमा छ । हरेक समूहबाट मात्र एक टोली स्वत: विश्वकपमा छनोट हुनेछन् ।
अन्य खेलहरुको नतिजा-
अल्बानिया २-० लेचिन्स्टाइन
फिनल्यान्ड १-० आइसल्यान्ड
सर्बिया ३-३ मोल्डोभा
जर्जिया १-१ आयरल्यान्ड
वेल्स १-० अष्ट्रिया
यूक्रेन २-० टर्की
क्रोएसिया ०-० कोसोभो (मैदानमा पानी जमेको कारण खेल स्थगित )
इज्रायल ०-१ म्यासेडोनिया
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]