default_image

8 years ago

September 3, 2017

वुडवर्नको ‘डेब्यू’ गोलमा वेल्स विजयी

112 views

0 Bookmark

वेल्स (एजेन्सी)-रसिया विश्वकप छनोट अन्र्तगतको युरोपेली छनोटमा वेल्स विजयी भएको छ । विश्वकप छनोट अन्र्तगतको युरोपेली छनोट अन्र्तगतको समूह ‘डी’ को खेलमा वेल्सले अष्ट्रियालाई १–० ले पराजित गरेको हो ।

वेल्सका लागि लिभरपुलका १७ वर्षीय वेन वुडवर्नको ‘डेब्यू’ गरेको खेलमा  वेल्सले अष्ट्रियमाथि १–० को जित निकालेको हो ।दोस्रो हाफमा मैदान छिरेका वुडवर्नले ७४ औं मिनेटमा करिब २५ यार्ड टाढाबाट गरेको शक्तिशाली प्रहार सिधै गोलमा परिणत भएको थियो ।

वुडवर्नले मैदान छिरेको पाँचौ मिनेटमा नै गोल गर्न सफल भएको हो । अष्ट्रियाविरुद्ध गोल गरसँगै वुडवर्न वेल्सबाट सबैभन्दा कम उमेरमा गोल गर्ने दोस्रो खेलाडी बनेका छन् । यसअघि दुवै टोलीले गोल गर्ने मौका सिर्जना गरेपनि गोल गर्न सकिरहेको थिएन ।

अष्ट्रियाविरुद्धको जितसँगै वेल्स समूह ‘डी’ को तेस्रो स्थानमा उक्लिएको छ । वेल्सले सात खेलबाट ११ अंक जोडेको छ । यो समूहमा सर्विया १५ अंकसहित शीर्षस्थानमा तथा रिपब्लिक अफ आयरल्याण्ड १३ अंक्सहित दोस्रो स्थानमा छ ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.