8 years ago
September 4, 2017
विविध सुवेदी
काठमाडौं – ब्राजिलका पेले र अर्जेन्टिनाका डिएगो म्याराडोन बीच ‘को उत्कृष्ट’ भन्ने बहस प्रश्न विश्व फुटबलमा बीसौँ शताब्दी भर चल्यो । त्यस्तै बहस पछिल्लो दशकमा अर्जेन्टिनाका लियोनल मेस्सी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो बीचका तुलना चलिरह्यो । अझै केही वर्ष यो बहसले ठाँउ पाउनेछ ।
फुटबलमा समयको परिवर्तनसँग नयाँ नाम आउनु पनि त्यत्तिकै स्वभाविक छ । पछिल्लो समय फुटबल समर्थक र प्रशंसकहरुले बारम्बार सोच्ने र सोध्ने प्रश्न ‘विश्व फुटबलमा अब आउने ठूलो नाम कसको हुनेछ ?’ त्यसमध्येका एक फ्रान्सका १८ वर्षे फरवार्ड किलियन बाप्पे त्यस प्रश्नको उत्तर बन्न सक्ने प्रवल सम्भावना देखिएको छ ।
फ्रान्सको बोन्डिमा जन्मिएका बाप्पे डिसम्बरमा १९ वर्षका हुनेछन् । धेरै व्यावसायिक खेलाडीका लागि १८ देखि २२ वर्षको उमेर क्लबको एकेडमीमा खेल्दै प्रतिभा देखाउने समय हुने गर्छ । तर बाप्पेको स्थिति भिन्न छ । यूरोपेली फुटबलमा उनको प्रदर्शनका कारण ठूल्ठूला क्लबका प्रशिक्षक उनको पछि लागि रहेका छन् ।
यसबीचमा उनले फ्रान्सका लागि खेल्दै गोल पनि गरिसकेका छन् । खेलकुदमैत्री परिवारमा जन्मेका बाप्पेलाई परिवारको साथ सधै रह्यो । बाप्पेका बुवा उनका एजेन्ट मात्र होइनन् फुटबल प्रशिक्षक पनि हुन् । उनकी आमा ह्यान्डबलकी पूर्व खेलाडी थिइन् । उनका दाजु पनि व्यवासायिक फुटबल खेलाडी हुन् ।
बाप्पे सानैदेखि रियल म्याड्रिडका समर्थक हुन् र उनको मनपर्ने खेलाडी पनि रियलका प्रशिक्षक जिनेदिन जिदान र रोनाल्डो हुन् । तर यस सिजन उनको रियलबाट खेल्ने सपना पुरा हुन सकेन । बरु उनी मोनाकोबाट लोनमा प्रतिद्वन्दी पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका छन् । उनी त्यहाँ नेयमार र एडिन्सन कभानीजस्ता अनुभवी खेलाडीहरुसँग खेल्ने छन् । यो अवसरलाई उनले अझै सिक्ने र चम्किने मौकाको रुपमा लिनु पर्ने हुन्छ ।
आफ्ना गतिका लागि चिनिने बाप्पे विपक्षी रक्षकलाई छक्याउन माहिर छन् । आर्सनलका प्रशिक्षक आर्सन वेंगरले उनलाई पूर्व स्टार थिएरी हेनरीसँग पनि तुलना गरेका छन् । गत सिजन उनले मोनाकोका लागि ४४ खेलमा २६ गोल गरेका थिए । तीमध्ये केहि त उनको उमेरका लागि पत्यार नलाग्ने गोल पनि थिए । उनको प्रदर्शनको मद्दतले मोनाकोले १७ वर्षमा पहिलो पटक लिगको उपाधि जित्यो भने टोलीले च्याम्पियन्स लिगमा सेमिफाइनल सम्मको यात्रा तय गरेको थियो ।
विश्व फुटबलमा उत्कृष्ट सावित गर्नु बाप्पेका लागि सजिलो काम भने हुने छैन । त्यसका लागि एउटा गोल, एउटा प्रदर्शन वा एक सिजनले तय गर्ने छैन । यसका लागि उनले लगातार उत्कृष्ट प्रदर्शन गर्नु पर्ने हुन्छ । नेयमार, पाउलो डिबाला र उस्माने डेम्बेलेजस्ता नयाँ पुस्ताका उदाउँदा प्रतिभालाई पनि उनले आफ्नो प्रदर्शनबाट उछिन्न पर्ने हुन्छ । यद्दपी जुन गतिले बाप्पेले उपलब्धिहरु चुमिरहेका छन्, त्यसले त यही संकेत दिन्छ कि आउने केही वर्षमा उनी नै विश्व फुटबलमा अर्को ठूलो नाम बन्न सक्नेछन् ।
(एजेन्सीको सहयोगमा)
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]