default_image

8 years ago

September 4, 2017

ग्रिसलाई हराउँदै बेल्जियम विश्वकपमा छनोट

122 views

0 Bookmark

पिरायस (एजेन्सी) – पूर्व यूरोकप विजेता ग्रिसलाई २-१ ले हराउँदै बेल्जियम विश्वकपमा छनोट भएको छ । विश्वकपमा छनोट हुने छैटौं राष्ट्र हुन पुगेको बेल्जियमका लागि जान भर्टोनघेन र रोमेलु लुकाकुले गोल गरेका थिए ।

ग्रिसमाथिको जितसँगै समूह ‘एच’मा २२ अंक बटुल्दै बेल्जियम यूरोप क्षेत्रबाट विश्वकपमा छनोट हुने दोस्रो राष्ट्र बन्यो । यसअघि रुस आयोजकका रुपमा स्वत: छनोट भइसकेको थियो । मेक्सिको, ब्राजिल, इरान र जापान पनि अन्य क्षेत्रबाट विश्वकपमा छनोट भइसकेका छन् ।

त्यस्तै समूह ‘ए’मा फ्रान्सले लक्जेम्बर्गसँग गोलरहित बराबरी खेलेको छ । यस नतिजाको बावजुद फ्रान्स १७ अंकसहित शीर्ष स्थानमा रहेको छ । समूहको अर्को खेलमा नेदरल्यान्ड्सले बुल्गेरियलाई ३-१ ले हराएको थियो भने स्विडेनले बेलारुसलाई ४-० ले पराजित गरेको थियो । नेदरल्यान्ड्सका लागि डेभि प्रपरले २ गोल तथा आर्जेन रबेनले एक गोल गरेका थिए ।

नेदरल्यान्ड्स १३ अंक सहित समूहको तेस्रो स्थानमा छ तथा स्विडेन १६ अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै यूरोकप विजेता पोर्चुगलले हङ्गेरीलाई १-० ले हराएको छ । बुडापेस्टमा खेलिएको खेलमा आन्द्रे सिल्भाको गोलको मद्दतले पोर्चुगलले जित पक्का गरेको हो ।

हरेक समूहको शीर्ष टोली स्वतः  विश्वकपमा छनोट हुने हुँदा पोर्चुगलले आफ्नो समूह ‘बि’मा स्विट्जरल्यान्डलाई पछ्याई रहेको छ । पहिलो स्थानमा रहेको स्विट्जरल्यान्डको २४ अंक रहेको छ भने २१ अंक सहित पोर्चुगल दोस्रो स्थानमा छ । स्विट्जरल्यान्डले पनि गएराति लाट्भियामाथि ३-०को जित दर्ता गरेको थियो ।

गएरातिका अन्य खेलहरुको नतिजा –

क्रोयसिया १-० कोसोभो

एस्टोनिया १-० साइप्रस

फारो द्वीप १-० एन्डोरा

जिब्राल्टर ०-४ बोस्निया

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.