8 years ago
September 5, 2017
स्टुगार्ट (एजेन्सी)– विश्व कप युरोपिली छनोटमा जर्मनीले शत प्रतिशत नतिजालाई निरन्तरता दिने क्रममा नर्वेमाथि ६–० को सहज जित निकालेको छ । गए रातीको जितपछि समूह सीमा ८ खेलपछि शीर्षस्थानको जर्मनीको २४ अंक छ ।

घरेलु मैदानमा १० औं मिनेटमा आर्सनलका मिडफिल्डर मेसट ओजिलको गोलबाट जर्मनीले अग्रत लिएको गिथयो । ओजिलकै असिस्टमा पिएसजीका जुलियन ड्राक्सलरले १७ औं मिनेटमा गोल गर्दै जर्मनीको अग्रता दोब्बर गरे । पहिलो हाफको अन्त्य अघि आरबी लेइपजिगका २१ वर्षे फरवर्ड टिमो वेर्नरले २ गोल गर्दै जर्मनीलाई ४–० को अग्रतामा पुर्याए । उनले २१ औं र ४० औं मिनेटमा गोल गरेका थिए ।
खेलको ५० औं मिनेटमा लियोन गोरेक्टजाले र ७९ औं मिनेटमा मारियो गोमेजले गोल गरेपछि जर्मनीको जित सहज रह्यो । सो समूहका अन्य खेलमा नर्दन आयरल्यान्डले चेक रिपब्लिकलाई २–० ले हरायो भने अजरबैजानले सान मारिनोलाई ५–१ ले पछि पराजित गर्यो । समूहको दोस्रो स्थानमा रहेको नर्दन आयरल्यान्डको विश्व कपमा छनोट हुने सम्भावना जीवित छ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]