8 years ago
September 6, 2017
काठमाडौं (हाम्रो खेलकुद)– एएफसी एसियन कपको छनोटमा मंगलबार नेपाल नेपाल घरलु मैदानमा ताजिकिस्तानसँग २–१ ले पराजित भएको थियो । आधा घन्टामा नै २–० ले पछि परेको नेपालले खेलाडी परिवर्तन गरेपछि दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको थियो । नवयुग श्रेष्ठलाई ३९ औं मिनेटमा परिवर्तन गर्दै मैदान प्रवेश गरेका विमल घर्तीमगरले ६१ औं मिनेटमा गोल गर्दै नेपाललाई खेलमा फर्काउने प्रयास गरेका थिए ।
सानै उमेर देखि सँगै खेल्दै आएका अन्जन विष्टसँग राम्रो तालमेल मिलाउदै विमलले नेपालको लागि गोल गरेका थिए । अन्जनले मिडफिल्डबाट दिएको बललाई पहिलो टचमा ताजिकिस्तानका दुई रक्षकबीच स्पेस बनाउदै उनले गोलकिपर माथिबाट चिप गरेका थिए ।
विमलले झन्डै १० महिनापछि राष्ट्रिय टोलीका लागि गोल गरेका हुन् । मलेसियामा कात्तिकमा नेपालले सोलिडारिटी कप जित्दा विमलले मकाउविरुद्ध गोल गरेका थिए । त्यसयता उनको यो पहिलो गोल हो । राष्ट्रिय टोलीबाट विमलले अहिले सम्म ६ गोल गरिसकेका छन् ।
तस्बिरहरु-विवेक सुवेदी/हाम्रो खेलकुद

पहिलो टचमा उनले आफुलाई स्पेस सिर्जना गरे ।

विमलले गोलरक्षकलाइ चिप गर्दै गोल गरेका थिए ।

विमलको प्रहार जालीमा

गोल गरेपछि समयको सदुपयोग गर्दै सेन्टरलाइन तर्फ बल लैजाने क्रममा विमल

गोल गरेपछि असिस्ट दिएका अन्जनसँग खुशी साट्दै विमल
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]